- आजको बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले 'नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८३' पेस गर्ने कार्यसूची रहेको छ ।
काठमाण्डौ, २२ श्रावण । आज प्रतिनिधि सभाको बैठक बस्दैछ । सङ्गीय संसद सचिवालयका अनुसार आज दिउसो १ बजेदेखि बैठक शुरु हुँदैछ ।
आजको बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले 'नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८३' पेस गर्ने कार्यसूची रहेको छ ।
त्यस्तै, प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट माननीय कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले (क) 'संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३' लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव, (ख) 'संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३ प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
त्यस्तै, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले (क) 'खानी तथा खनिज पदार्थ विधेयक, २०८३' लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव, (ख) 'खानी तथा खनिज पदार्थ विधेयक, २०८३' प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
त्यसैगरी, महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता वादीले (क) मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३' लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव, (ख) 'मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३' प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
त्यस्तै, परराष्ट्रमन्त्री शिशिर खनालले (क) 'राहदानी (पहिलो संशोधन) विधेयक, २०८३' लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव र (ख) राहदानी (पहिलो संशोधन) विधेयक, २०८३' प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
-
यी हुन् विश्वकप फुटबलका पाँच अप्रत्याशित नतिजा
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।