आज संघीय संसदका पाँच समितिको बैठक बस्दै

२०८३ श्रावण २१ विहिवार
सारांश
  • आज प्रतिनिधि सभाका अर्थ समिति, महिला तथा सामाजिक मामिला समिति, राज्य व्यवस्था तथा सुशासन समिति र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दैछ भने राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन संयुक्त समितिको बैठक बस्दैछ ।

काठमाण्डौ, २१ श्रावण । आज संघीय संसदका पाँच समितिको बैठक बस्दैछ ।

 

आज प्रतिनिधि सभाका अर्थ समिति, महिला तथा सामाजिक मामिला समिति, राज्य व्यवस्था तथा सुशासन समिति र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दैछ भने राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन संयुक्त समितिको बैठक बस्दैछ ।

 

आज बिहान ११ बजेदेखि शुरु हुने अर्थ समितिको बैठकमा उपसमितिहरुबाट प्रतिवेदन पेश र छलफलको कार्यसूची रहेको छ । त्यसैगरी बिहान ११ बजेदेखि शुरु हुनेमहिला तथा सामाजिक मामिला समितिको बैठकमा मुस्लिम आयोगको कामकारबाही तथा प्रगति सम्बन्धमा आयोगका पदाधिकारीहरूसँग छलफलको कार्यसूची रहेको छ ।

 

त्यस्तै, दिउसो १ बजेदेखि शुरु हुने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा राष्ट्रिय सेवा दल विधेयक, २०८३’ उपर सैद्धान्तिक छलफल र अख्तियार दुरूपयोग अनुसन्धान आयोग र कारागार कार्यालयहरूको स्थलगत अनुगमन प्रतिवेदन पेस गर्ने सम्बन्धमा छलफलको कार्यसूची रहेको छ ।

 

त्यसैगरी, बिहानको १० बजेदेखि शुरु हुने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको विद्यमान अवस्था, समसामयिक विषय, चुनौती र भावी कार्ययोजनाका सम्बन्धमा छलफलको कार्यसूची रहेको छ ।

 

त्यस्तै, आज दिउसो साढे २ बजे बस्ने राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन संयुक्त समितिको बैठकमा मुलुकको वर्तमान अवस्था र समसामयिक बिषयमा छलफलको कार्यसूची रहेको छ । 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

अफ्रिकी जंगली कुकुरको चार हजार किलोमिटरको कीर्तिमानी यात्रा !

अफ्रिकी जंगली कुकुरको एउटा समूहले जाम्बियामा करिब ४ हजार किलोमिटरको कीर्तिमानी यात्रा गरेको छ । वैज्ञानिकहरूका अनुसार यो अफ्रिकाको कुनै पनि स्थल स्तनधारीले जोडीको खोजीमा गरेको अहिलेसम्मकै सबैभन्दा लामो यात्रा हो ।

थप समाचार