ब्रोड पिकमा ज्यान गुमाएका गुरुङको शव आज काठमाडौं आइपुग्ने
२०८३ श्रावण २१ विहिवार
- यही दुर्घटनामा ज्यान गुमाएका कीर्तिमानी नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्सदाइ) को शव भने नेपाल ल्याउने वा उनको पारिवारिक बसोबास रहेको बेलायत लैजाने भन्नेबारे निर्णय नभएको बताइएको छ ।
काठमाण्डौ, २१ श्रावण । पाकिस्तानको ब्रोड पिकमा हिमपहिरोमा परी ज्यान गुमाएका पर्वतारोही पुरबहादुर गुरुङ (युक्त) को शव आज दिउँसो काठमाडौं आइपुग्ने भएको छ ।
गुरुङको शव आज कतार एयरवेजको विमानमार्फत दोहा हुँदै काठमाडौं ल्याउन लागिएको हो । शव काठमाडौं आइपुगेपछि श्रद्धाञ्जली कार्यक्रम तय गर्ने नेपाल पर्वतारोहण संघले तयारी गरेको छ ।
यही दुर्घटनामा ज्यान गुमाएका कीर्तिमानी नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्सदाइ) को शव भने नेपाल ल्याउने वा उनको पारिवारिक बसोबास रहेको बेलायत लैजाने भन्नेबारे निर्णय नभएको बताइएको छ ।
पुर्जाको शव दुर्घटनाको सातौं दिन अत्यन्त कठिन र जोखिमपूर्ण उद्धार अभियानपछि बुधबार मात्र हिमालबाट सुरक्षित रूपमा आधार शिविर झारिएको थियो । उद्धार टोलीको नेतृत्व सांसद तथा पर्वतारोही मिङ्मा डेभिडले गरेका थिए भने सिरबाज खानसहितको टोलीले अभियान सम्पन्न गरेको थियो । उद्धारमा पाकिस्तान सेना, पाकिस्तान सरकार, गिलगिट–बाल्टिस्तान सरकार, स्थानीय प्रशासन, बेलायती उच्चायोग, नेपाल दूतावास तथा अल्पाइन क्लब अफ पाकिस्तानलगायत विभिन्न निकायले सहयोग गरेका थिए ।
अल्पाइन क्लब अफ पाकिस्तानका अनुसार पहिलो चरणको उद्धारमा एक नेपालीसहित २ आरोहीको शव र एक आरोहीको अवशेष संकलन गरिएको थियो । नेपाली आरोही ग्यालु शेर्पाको शव संकलन शनिबार गरिएको थियो । आइतबार थप ४ आरोहीको शव पहिचान गरिएको थियो । तीमध्ये निम्स दाइ, वाङ झोङ, निमा शेर्पा र किलु पेम्बा रहेका थिए । पाकिस्तानी आरोही सोहेल साकी र अमेरिकी आरोही म्यालोरी गाइसको खुट्टाबाहेकको शरीर अझै फेला नपरेको क्लबले उल्लेख गरेको छ ।
अझै बेपत्ता रहेका पर्वतारोहीका खोजी र उद्धारका लागि सम्भव सबै प्रयास जारी राखिने बताइएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
गृहमन्त्रीसँग छलफलपछि मृतक मेहताका आफन्त शव बुझ्न तयार
-
कांग्रेस विवाद बारे देउवा पक्षको पुनरावलोकन निवेदन अध्ययन गर्न सर्वोच्चमा इजलास गठन
-
ब्रोड पिकमा ज्यान गुमाएका गुरुङको शव आज काठमाडौं आइपुग्ने
-
होटल तथा रेष्टुरेन्टमा धुम्रपान गर्ने स्थान तोक्न काठमाडौं प्रशासनको निर्देशन
-
फिफा विवादमा अध्यक्ष इन्फान्टिनोले मागे माफी
धेरै पढिएको
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
-
यी हुन् विश्वकप फुटबलका पाँच अप्रत्याशित नतिजा
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।