गृहमन्त्रीसँग छलफलपछि मृतक मेहताका आफन्त शव बुझ्न तयार
२१ श्रावण, २०८३, बिहिवार
- छलफलका क्रममा गृहमन्त्री गुरुङले घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारलाई आवश्यक सहयोग र राहत उपलब्ध गराउन सरकार तयार रहेको आश्वासन दिएका छन् ।
काठमाडौँ: सुनसरी घटनामा मृत्यु भएका रवीन्द्र मेहताका आफन्त शव परीक्षणका लागि सहमत भएका छन् ।
आज गृहमन्त्री सुधन गुरुङको उपस्थितिमा शिक्षण अस्पताल महाराजगञ्जमा भएको छलफलपछि उक्त सहमति भएको हो ।
गृहमन्त्रीको सचिवालयका अनुसार सरकारले मृतक परिवारले उठाएका माग सम्बोधन गर्न पूर्ण प्रतिबद्धता जनाएको छ ।
छलफलका क्रममा गृहमन्त्री गुरुङले घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारलाई आवश्यक सहयोग र राहत उपलब्ध गराउन सरकार तयार रहेको आश्वासन दिएका छन् ।
वार्तामा सहभागी आफन्तले मृतकका बुबाआमासँग थप परामर्श गरेपछि भोलि पुनः छलफल गर्ने बताएका छन् । उनीहरूले हाल शव बुझेर परीक्षणका लागि शिक्षण अस्पताल पठाउन सहमति जनाएका छन् ।
गृहमन्त्रीको सचिवालयका अनुसार सरकार र परिवारबीचको संवाद सकारात्मक रूपमा अघि बढिरहेको छ । भोलि पुनः छलफल गरी सहमतिलाई अन्तिम रूप दिने तयारी गरिएको छ ।
सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा साउन १० गते राति भएको घटनामा घाइते भएका २२ वर्षीय रवीन मेहताको उपचारका क्रममा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा निधन भएको थियो।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
गृहमन्त्रीसँग छलफलपछि मृतक मेहताका आफन्त शव बुझ्न तयार
-
कांग्रेस विवाद बारे देउवा पक्षको पुनरावलोकन निवेदन अध्ययन गर्न सर्वोच्चमा इजलास गठन
-
ब्रोड पिकमा ज्यान गुमाएका गुरुङको शव आज काठमाडौं आइपुग्ने
-
होटल तथा रेष्टुरेन्टमा धुम्रपान गर्ने स्थान तोक्न काठमाडौं प्रशासनको निर्देशन
-
फिफा विवादमा अध्यक्ष इन्फान्टिनोले मागे माफी
धेरै पढिएको
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
-
यी हुन् विश्वकप फुटबलका पाँच अप्रत्याशित नतिजा
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।