हिरोशिमा दिवसमा लुम्बिनीमा दीप प्रज्वलन र सिद्धार्थनगरमा वृक्षारोपण
२१ श्रावण, २०८३, बिहिवार
- हिरोशिमा दिवसको पूर्वसन्ध्या (अगस्ट ५) मा लुम्बिनीको पवित्र उद्यान क्षेत्रमा ‘क्यान्डल लाइट भिजिल तथा विश्व शान्ति प्रार्थना’ कार्यक्रम आयोजना गरिएको थियो।
लुम्बिनी/भैरहवा: हिरोशिमा दिवस २०२६ को अवसरमा लुम्बिनी वर्ल्ड पिस फोरम (LWPF) ले अगस्ट ५ र ६ मा लुम्बिनी तथा सिद्धार्थनगर (भैरहवा) क्षेत्रमा विभिन्न शान्ति तथा वातावरणीय कार्यक्रमहरू सम्पन्न गरेको छ। गौतम बुद्धको पावन जन्मस्थलमा दीप प्रज्वलन, शान्ति प्रार्थना र सहरी क्षेत्रमा वृक्षारोपण गरी यस वर्षको हिरोशिमा दिवस मनाइएको हो।
हिरोशिमा दिवसको पूर्वसन्ध्या (अगस्ट ५) मा लुम्बिनीको पवित्र उद्यान क्षेत्रमा ‘क्यान्डल लाइट भिजिल तथा विश्व शान्ति प्रार्थना’ कार्यक्रम आयोजना गरिएको थियो। लुम्बिनी होटल संघ नेपाल (LHAN), लुम्बिनी-कपिलवस्तु विश्व अभियान (युरोप) र लुम्बिनी-कपिलवस्तु विश्व अभियान (अस्ट्रेलिया) को सहकार्यमा आयोजित उक्त कार्यक्रममा हिरोशिमा र नागासाकीका परमाणु बम पीडितहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै बुद्ध जन्मस्थलबाट विश्व शान्ति, अहिंसा र आणविक निशस्त्रीकरणको सन्देश प्रवाह गरियो।
यसैगरी, अगस्ट ६ का दिन लुम्बिनी वर्ल्ड पिस फोरमले सिद्धार्थनगर नगरपालिकासँगको सहकार्यमा भैरहवास्थित सिद्धार्थ राजमार्गमा सहरी हरियाली प्रवर्द्धन कार्यक्रम सञ्चालन गरेको छ। यस अन्तर्गत सिद्धार्थनगर वडा नं. ७ स्थित बुद्ध चोकदेखि देवकोटा चोकसम्मको सडकको बीच भाग (मिडियन आइसल्याण्ड) मा १०० वटा असारे फूलका बिरुवा तथा १०० वटा बोगनभिल्लाका बिरुवाहरू रोपण गरियो।
सोही दिन लुम्बिनीस्थित विश्व शान्ति स्तूप (वर्ल्ड पिस प्यागोडा) को पवित्र परिसरमा गौतम बुद्धले प्रतिपादन गर्नुभएको ‘आर्य अष्टाङ्गिक मार्ग’ को प्रतीक स्वरूप ८ वटा कपुरका बिरुवाहरू समेत रोपण गरिएको छ।
उक्त कार्यक्रमहरू सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खान, वडा नं. ७ का अध्यक्ष दामोदर शर्मा घिमिरे, लुम्बिनी वर्ल्ड पिस फोरमका संस्थापक अध्यक्ष बासु गौतम, लुम्बिनी होटल संघ नेपालका अध्यक्ष लीलामणि शर्मा पौडेल र विश्व शान्ति स्तूप लुम्बिनीका भिक्षु भन्ते ओनिसीको गरिमामय उपस्थितिमा सम्पन्न भएका थिए।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
यस्तो छ आईफोनको दुई दशक लामो यात्रा
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
विशेष
यस्तो छ आईफोनको दुई दशक लामो यात्रा
सन् २००४-०५ तिर एप्पलको कार्यालयमा एउटा अनौठो गतिविधि शुरु भएको थियो । कम्पनीका केही दक्ष इन्जिनियरहरू अचानक आफ्नो पुरानो कामबाट हट्न थाले । उनीहरूसँग काम गर्ने अन्य कर्मचारीलाई समेत उनीहरू कहाँ गए र के काम गरिरहेका छन् भन्ने थाहा थिएन ।