स्पेसएक्सको रकेटको भाग चन्द्रमामा ठोक्कियो

२० श्रावण, २०८३, बुधवार
सारांश
  • वैज्ञानिकहरूका अनुसार पृथ्वी, चन्द्रमा र सूर्यको गुरुत्वाकर्षण तथा सूर्यको विकिरणको हल्का दबाबका कारण यसको मार्ग बिस्तारै परिवर्तन हुँदै गएको थियो । अन्ततः यही परिवर्तनले रकेटको भागलाई चन्द्रमासँग ठोक्किने मार्गमा पुर्‍याएको हो ।

काठमाडौँ: स्पेसएक्सको फाल्कन–९ रकेटको माथिल्लो भाग बुधबार चन्द्रमाको आइन्स्टाइन विवर नजिक ठोक्किएको छ । करिब ४ हजार ५ सय किलोग्राम तौल र १२ मिटर लम्बाइ रहेको यो भाग नेपाली समयअनुसार दिउँसो करिब १२:२५ बजे चन्द्रमामा ठोक्किएको हो । यद्यपि, वैज्ञानिकहरूले यसको विस्तृत विवरण सार्बजनिक हुन समय लाग्ने बताएका छन् ।

 

यो रकेटको भाग सन् २०२५ जनवरी १५ मा प्रक्षेपण गरिएको थियो । त्यसबेला यसले फायरफ्लाई एयरोस्पेसको ‘ब्लु घोस्ट–१’ र आइस्पेसको ‘हाकुटो–आर मिसन–२’ चन्द्र अवतरण यानलाई चन्द्रमातर्फ पठाएको थियो । आफ्नो मुख्य काम पूरा गरेपछि रकेटको माथिल्लो भाग करिब १९ महिनादेखि अन्तरिक्षमा पृथ्वी र चन्द्रमाबीच घुमिरहेको थियो ।

 

वैज्ञानिकहरूका अनुसार पृथ्वी, चन्द्रमा र सूर्यको गुरुत्वाकर्षण तथा सूर्यको विकिरणको हल्का दबाबका कारण यसको मार्ग बिस्तारै परिवर्तन हुँदै गएको थियो । अन्ततः यही परिवर्तनले रकेटको भागलाई चन्द्रमासँग ठोक्किने मार्गमा पुर्‍याएको हो । स्पेसएक्सले रकेटको इन्धन पहिले नै निकालेर सुरक्षित बनाइएको भए पनि यस्तो उच्च गतिमा रहेको वस्तुलाई नियन्त्रित रूपमा नष्ट गर्न सम्भव नभएको जनाएको छ ।

 

हाल विभिन्न अन्तरिक्ष निकायहरूले यस घटनाको निगरानी गरिरहेका छन् । आगामी केही दिनमा चन्द्रमाको परिक्रमा गरिरहेका अनुसन्धान यानहरूले ठक्करबाट बनेको नयाँ विवरको अध्ययन गर्ने अपेक्षा गरिएको छ । अमेरिकी अन्तरिक्ष निकाय नासाले भने यस घटनाबाट पृथ्वीलाई कुनै खतरा नरहेको स्पष्ट पारेको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

अफ्रिकी जंगली कुकुरको चार हजार किलोमिटरको कीर्तिमानी यात्रा !

अफ्रिकी जंगली कुकुरको एउटा समूहले जाम्बियामा करिब ४ हजार किलोमिटरको कीर्तिमानी यात्रा गरेको छ । वैज्ञानिकहरूका अनुसार यो अफ्रिकाको कुनै पनि स्थल स्तनधारीले जोडीको खोजीमा गरेको अहिलेसम्मकै सबैभन्दा लामो यात्रा हो ।

थप समाचार