अमरेशको सरकारलाई प्रश्न- मधेसका घटनामा लाठीभन्दा पहिला गोली किन चल्छ ?

१९ श्रावण, २०८३, मगलवार
सारांश
  • उनले मधेशमा शिक्षक र डाक्टरको नियुक्तिका लागि पैसा नहुने तर मधेशमा ठुलो संख्यामा सेना र प्रहरी परिचालन गर्न भने पैसा हुने भन्दै सरकारको आलोचना गरेका थिए ।

काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. अमरेश कुमार सिंहले मधेशमा केहि घटना हुनासाथ लाठी नचलेर गोली प्रहार किन हुन्छ भन्दै सरकारसँग प्रश्न गरेका छन् ।

 

प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद सिंहले मधेशप्रति राज्यले हेर्ने दृष्टिकोण परिवर्तन नभएको भन्दै घटना हुनासाथ गोली चलाउने प्रवृति बन्द हुनुपर्ने बताए ।

 

उनले मधेशमा शिक्षक र डाक्टरको नियुक्तिका लागि पैसा नहुने तर मधेशमा ठुलो संख्यामा सेना र प्रहरी परिचालन गर्न भने पैसा हुने भन्दै सरकारको आलोचना गरेका थिए ।

 

सांसद सिंहले प्रहरीलाई प्रशिक्षण नपुगेको भन्दै पहिला लाठी र अश्रुग्यास चलाउनु पर्ने भन्दै यसमा सरकारको ध्यानाकर्षण गराए । उनले सुरक्षा निकायमा मधेशको उपस्थिति नभएकोले मधेशमा सेना र प्रहरी जानासाथ कुनै विदेशी पुगेजस्तो अनुभव हुने बताए ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?

सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।

थप समाचार