सुनसरी घटनाको छानबिन गर्न न्यायिक समिति गठन गर्न एमालेको माग
१९ श्रावण, २०८३, मगलवार
- उनले देशमा ग्यास अभाव भएको र सरकारले व्यवस्थापन गर्न नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए । सांसद बरालले सुस्तामा भारतीय सेना सिभिल ड्रेसमा आएको घटना उठाउदै सरकारलाई सचेत गराएका थिए ।
काठमाडौं: नेकपा एमालेले सुनसरी घटनाको छानबिन गर्नको लागि न्यायिक समिति गठन गर्न माग गरेको छ।
प्रतिनिधि सभाको बैठकमा बोल्दै एमाले सांसद गुरु बरालले पूर्वन्यायाधीशको नेतृत्वमा छानबिन गर्न न्यायिक समिति गठन गर्न माग गरेका हुन् ।
सांसद बरालले सुनसरी घटनामा चार जनाको हत्याको जिम्मा नैतिक रूपमा प्रधानमन्त्री र गृहमन्त्रीले लिनुपर्ने बताए । उनले भने- 'त्यो दुर्घटनाको यथोचित कारण पत्ता लगाएर समस्याको दिगो समाधानतिर लागौँ । यही दिशामा जाँदा देशको कल्याण हुन्छ, यसमा हठ राख्ने कुरा स्वीकार्य हुँदैन ।’
उनले देशमा ग्यास अभाव भएको र सरकारले व्यवस्थापन गर्न नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए । सांसद बरालले सुस्तामा भारतीय सेना सिभिल ड्रेसमा आएको घटना उठाउदै सरकारलाई सचेत गराएका थिए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
-
यी हुन् विश्वकप फुटबलका पाँच अप्रत्याशित नतिजा
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।