पार्टी बैठक राख्नेबारे हर्कको जवाफ– अरू पार्टीजस्तो होइन, श्रमदान नै हाम्रो बैठक हो

१९ श्रावण, २०८३, मगलवार
सारांश
  • संसद् भवन परिसरमा सञ्चारकर्मीहरूले पार्टीको नीति ढुङ्गा बोक्ने मात्रे हो? पार्टीभित्रबाट बैठक राख्न माग भइरहेको छ? भन्ने प्रश्न सोधेका थिए।

काठमाडौं: श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफ्नो पार्टी बैठकमा अल्झिएर बस्ने खालको नभएको बताएका छन्।

 

संसद् भवन परिसरमा सञ्चारकर्मीहरूले पार्टीको नीति ढुङ्गा बोक्ने मात्रे हो? पार्टीभित्रबाट बैठक राख्न माग भइरहेको छ? भन्ने प्रश्न सोधेका थिए।


जवाफमा उनले भने, ‘अरू पार्टीजस्तो होइन। हामी काम गर्छौँ। श्रमदान नै हाम्रो बैठक हो। बैठक बसेर देश बन्दैन। प्रत्येक शनिवार हाम्रो बैठक भइराखेकै हुन्छ, यसरी बुझ्दा हुन्छ।’

 

उनले आफू सदनमा पनि ढुङ्गा बोकेर आएको तर्क गरे। उनले आफूलाई क्युआर सुप्रिम भन्ने भीम उपाध्यायलाई भेटेँ ७ दिन ढुङ्गा बोकाउने बताए।

 

कहाँ लगेर बोकाउनुहुन्छ? भन्ने प्रश्नमा उनले भने, ‘जहाँ भए नि, यतैतिर भए नि त्यो ब्लकहरू उठाउन लगाउने।’

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

अफ्रिकी जंगली कुकुरको चार हजार किलोमिटरको कीर्तिमानी यात्रा !

अफ्रिकी जंगली कुकुरको एउटा समूहले जाम्बियामा करिब ४ हजार किलोमिटरको कीर्तिमानी यात्रा गरेको छ । वैज्ञानिकहरूका अनुसार यो अफ्रिकाको कुनै पनि स्थल स्तनधारीले जोडीको खोजीमा गरेको अहिलेसम्मकै सबैभन्दा लामो यात्रा हो ।

थप समाचार