पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य बढ्यो, ग्यासको मूल्य यथावत्
२०८३ श्रावण १८ सोमवार
- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य वृद्धि गरेको छ ।
काठमाण्डौ, १८ श्रावण । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य वृद्धि गरेको छ । निगमले सोमवारदेखि लागु हुने गरि पेट्रोलको मूल्य प्रतिलिटर ३ रुपैयाँ र डिजेल/मट्टितेलको मूल्य प्रतिलिटर ५ रुपैयाँ बढाएको छ ।
त्यस्तै, आन्तरिक हवाई इन्धनमा प्रतिलिटर २० रुपैयाँ वृद्धि गरिएको छ । अन्तर्राष्ट्रिय उडानका लागि प्रयोग हुने हवाई इन्धनको मूल्य काठमाडौँमा प्रतिकिलोलिटर १३१ अमेरिकी डलर बढाइएको छ भने पोखरा र भैरहवाका लागि ब्रेकइभेन बिन्दुमा मूल्य कायम गरिएको निगमले जनाएको छ ।
निगमले खान पकाउने ग्यासको मुल्य भने यथावत राखेको जनाएको छ ।
नयाँ मूल्यअनुसार काठमाडौँ उपत्यकामा पेट्रोल प्रतिलिटर २०० रुपैयाँ कायम गरिएको छ । डिजेल/मट्टितेलको पनि २०० रुपैयाँ प्रतिलिटर भएको छ ।
निगमका अनुसार पछिल्ला केही महिनायता अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य लगातार बढे पनि उपभोक्ताको हितलाई ध्यानमा राखेर पूर्ण रूपमा लागतअनुसार मूल्य समायोजन नगरिएको हो । भारतीय आयल निगमबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ १७ पैसा, डिजेलमा ४१ रुपैयाँ ७६ पैसा र हवाई इन्धनमा १९ रुपैयाँ १० पैसा लागत बढेर आएको जनाएको छ ।
मूल्य समायोजनपछि पनि निगमलाई पाक्षिक रूपमा करिब १ अर्ब ४४ करोड रुपैयाँ घाटा हुने अनुमान गरिएको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धिको दबाब कायम रहेकाले पेट्रोलियम पदार्थको प्रयोगमा मितव्ययिता अपनाउन निगमले उपभोक्तासँग आग्रह गरेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
सुरक्षण मुद्रणमा आत्मनिर्भर बन्दै अन्तर्राष्ट्रिय बजारमा जाने लक्ष्य छ- सञ्चारमन्त्री तिमिल्सिना
-
प्रधानसेनापति सिग्देलको चिनियाँ रक्षामन्त्री जुनसँग शिष्टाचार भेटवार्ता
-
देउवालाई महाधिवेशनमा सहभागी गराउन सबै प्रयास गर्छु- गगन थापा
-
राष्ट्रपति पौडेललाई अख्तियारले बुझायो वार्षिक प्रतिवेदन
-
कृष्णभीरमा दीर्घकालीन समाधान खोज्न कुलमान घिसिङको आग्रह
धेरै पढिएको
विशेष
ब्रिक्स के हो, यसमा कुन कुन देश छन् ?
ब्रिक्स नाम सुरुमा ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकाका अंग्रेजी नामका पहिलो अक्षरबाट बनेको थियो । सन् २००१ मा अर्थशास्त्री जिम ओ’निलले ‘ब्रिक’ शब्द प्रयोग गरेका थिए । सन् २०१० मा दक्षिण अफ्रिका समूहमा जोडिएपछि यसको नाम ‘ब्रिक्स’ भएको थियो ।