सिरहाका वन कार्यालय प्रमुखविरुद्ध घुस प्रकरणमा मुद्दा दायर
१८ श्रावण, २०८३, सोमवार
- अनुसन्धानका क्रममा यादवले काष्ठ उद्योगमा ल्याइएका काठ बोकेका ट्रकको सिल खोलेको मुचुल्का तयार गरिदिने क्रममा विभिन्न बहाना बनाएर सेवाग्राहीलाई दुःख दिई रकम माग गरेको पुष्टि भएको आयोगले जनाएको छ।
काठमाडौँ: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको बन्दीपुरस्थित सव–डिभिजन वन कार्यालयका प्रमुख राम केवल राय यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगका अनुसार उद्योगका लागि ल्याइएको काठ सिलबन्दीअनुसार भए/नभएको जाँच गरी कागजातसहित फाइल फिर्ता गर्ने क्रममा सेवाग्राहीसँग घुस मागेको सूचनाका आधारमा खटिएको टोलीले यादवलाई १२ हजार रुपैयाँ घुससहित नियन्त्रणमा लिएको थियो।
अनुसन्धानका क्रममा यादवले काष्ठ उद्योगमा ल्याइएका काठ बोकेका ट्रकको सिल खोलेको मुचुल्का तयार गरिदिने क्रममा विभिन्न बहाना बनाएर सेवाग्राहीलाई दुःख दिई रकम माग गरेको पुष्टि भएको आयोगले जनाएको छ।
यादवको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर भएको भन्दै आयोगले १२ हजार रुपैयाँ बिगो कायम गरी कैद र बिगो बराबर जरिवाना सजायको मागदाबीसहित विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको छ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
इजरायलमा नयाँ सरकार गठनका लागि आइजनकोटले अघि सारे चार सर्त
-
चलचित्र ‘चिरञ्जीवी भवः’ को पोस्टर सार्वजनिक, माघ १ गते प्रदर्शन हुने
-
सौरभ राज पन्तको टिप्पणी - प्रम बालेन शाह `पोष्टर ब्वाई´ बाट `जोकर´ मा परिणत हुने खतरा छ
-
कोशीका प्रदेश प्रमुख खापुङको कार्यकाल सकिदै, मुख्यमन्त्री कार्कीले गरे बिदाइ भेट
-
अब सरकारलाई शंकाको लाभ दिदैनौं- गगन थापा
धेरै पढिएको
विशेष
न्यायालय विवादमा पहिला अनुसन्धान की सिधै महाभियोग !
बिचौलिया इनम सापकोटा र सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँलबीच विचाराधीन मुद्दाका विषयमा ह्वाट्सएपमार्फत कुराकानी भएको विवरण सार्वजनिक भएपछि विवाद थप चर्किएको हो ।