सुनसरीका चार स्थानीय तहमा मात्र निषेधाज्ञा, अन्य क्षेत्रमा हटाइयो

१७ श्रावण, २०८३, आइतवार
सारांश
  • प्रशासनका अनुसार निषेधाज्ञा देवानगञ्ज गाउँपालिका, भोक्राहा नरसिंह गाउँपालिका, कोशी गाउँपालिका र हरिनगर गाउँपालिकाको सम्पूर्ण क्षेत्रमा लागू रहनेछ ।

काठमाडौँ: सुनसरी जिल्लाको सुरक्षा अवस्था क्रमशः सुधार हुँदै गएपछि जिल्ला प्रशासन कार्यालयले अधिकांश क्षेत्रबाट निषेधाज्ञा हटाएको छ ।

 

प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालद्वारा जारी सूचनाअनुसार साउन १७ गते बिहान ९: ३० बजेदेखि साँझ ७ बजेसम्मका लागि चार स्थानीय तहमा मात्रै निषेधाज्ञा कायम रहनेछ ।

 

प्रशासनका अनुसार निषेधाज्ञा देवानगञ्ज गाउँपालिका, भोक्राहा नरसिंह गाउँपालिका, कोशी गाउँपालिका र हरिनगर गाउँपालिकाको सम्पूर्ण क्षेत्रमा लागू रहनेछ ।

 

यी चार स्थानीय तहबाहेक सुनसरी जिल्लाका अन्य सबै स्थानबाट निषेधाज्ञा हटाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

 

प्रशासनले जिल्लाको पछिल्लो सुरक्षा अवस्थाको समीक्षा गर्दा स्थिति सुधारउन्मुख देखिएकाले स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम अधिकांश क्षेत्रबाट निषेधाज्ञा हटाउने निर्णय गरिएको जनाएको छ ।

 

 


 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?

सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।

थप समाचार