गगन थापाको सरकारलाई सुझाव: ‘डिजिटल अर्थतन्त्र बढाउन निजी क्षेत्रमाथि विश्वास गर्नुस्’

१७ श्रावण, २०८३, आइतवार
सारांश
  • सानेपामा आयोजित ‘डिजिटल इकोनोमी: स्थानीय रोजगारी र पहुँच विश्वबजार’ विषयक कार्यक्रममा बोल्दै थापाले सरकारले डिजिटल क्षेत्रमा स्पष्ट र महत्वाकांक्षी योजना ल्याउनुपर्ने तथा निजी क्षेत्रको क्षमता र अनुभवमाथि विश्वास गर्नुपर्ने बताए।

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले डिजिटल अर्थतन्त्रलाई नेपालको आर्थिक विकासको मुख्य आधार बनाउन सरकारलाई निजी क्षेत्रसँग सहकार्य गर्न आग्रह गरेका छन्।

 

सानेपामा आयोजित ‘डिजिटल इकोनोमी: स्थानीय रोजगारी र पहुँच विश्वबजार’ विषयक कार्यक्रममा बोल्दै थापाले सरकारले डिजिटल क्षेत्रमा स्पष्ट र महत्वाकांक्षी योजना ल्याउनुपर्ने तथा निजी क्षेत्रको क्षमता र अनुभवमाथि विश्वास गर्नुपर्ने बताए।

 

उनले सरकारसँग मात्रै सबै ज्ञान र क्षमता छ भन्ने सोच त्याग्नुपर्ने उल्लेख गर्दै निजी क्षेत्र र बजारको गतिशीलताबाट नेपालले ठूलो लाभ लिन सक्ने धारणा राखे। उनका अनुसार विश्वभर नेपालीहरूले आफ्नो क्षमता प्रमाणित गरिसकेका छन्, त्यसैले डिजिटल अर्थतन्त्रको विस्तारमा सरकार र निजी क्षेत्रबीच साझेदारी आवश्यक छ।

 

थापाले डिजिटल अर्थतन्त्र कुनै एक दलको एजेन्डा नभई राष्ट्रिय प्राथमिकताको विषय भएको उल्लेख गर्दै यसलाई नेपालको अर्थतन्त्रको मुख्य मेरुदण्ड बनाउन सकिने बताए। साथै, संसदमा यस विषयमा हुने बहसलाई प्रभावकारी बनाउन आवश्यक अध्ययन र प्रतिवेदन सांसदहरूलाई उपलब्ध गराइने जानकारी पनि उनले दिए।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?

सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।

थप समाचार