स्थानीयबासीलाई जलविद्युतको सेयर अंकित मूल्यमै उपलब्ध गराउन इप्पानको आग्रह
१७ श्रावण, २०८३, आइतवार
- संस्थाले धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३ अनुसार स्थानीय प्रभावित बासिन्दालाई १० प्रतिशत सेयर उपलब्ध गराउने कानुनी व्यवस्था रहेको उल्लेख गर्दै सोही व्यवस्था अनुरूप अंकित मूल्यमै सेयर उपलब्ध गराउनुपर्ने स्पष्ट गरेको छ।
काठमाडौँ: स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले जलविद्युत आयोजनाबाट प्रत्यक्ष प्रभावित स्थानीयबासीलाई छुट्याइने सेयर अंकित मूल्य अर्थात् प्रतिकित्ता १०० रुपैयाँमै उपलब्ध गराउन आफ्ना सदस्य कम्पनीहरूलाई आग्रह गरेको छ ।
इप्पानले प्रेस विज्ञप्ति जारी गर्दै केही जलविद्युत आयोजनाको साधारण सेयर निष्कासन प्रक्रिया नियामकीय कारणले लामो समयदेखि रोकिँदा केही प्रवर्द्धक कम्पनीहरूले स्थानीयबासीलाई प्रिमियम मूल्यमा सेयर बिक्री गर्ने विषयमा छलफल गरिरहेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।
संस्थाले धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३ अनुसार स्थानीय प्रभावित बासिन्दालाई १० प्रतिशत सेयर उपलब्ध गराउने कानुनी व्यवस्था रहेको उल्लेख गर्दै सोही व्यवस्था अनुरूप अंकित मूल्यमै सेयर उपलब्ध गराउनुपर्ने स्पष्ट गरेको छ।
इप्पानका अनुसार जलविद्युत आयोजना केवल लगानीको माध्यम मात्र नभई स्थानीय समुदायसँगको विश्वास, सहकार्य र साझेदारीमा आधारित विकासको अभियान पनि हो। आयोजना निर्माणका क्रममा जग्गा उपलब्ध गराउने, वातावरणीय तथा सामाजिक प्रभाव सहने तथा निर्माण अवधिका असुविधा व्यहोर्ने स्थानीयबासीलाई आयोजनाको स्वामित्वमा सहभागी गराउने उद्देश्यले नै स्थानीयका लागि सेयर छुट्याउने व्यवस्था गरिएको हो।
विज्ञप्तिमा स्थानीयबासीलाई प्रिमियम मूल्यमा सेयर बिक्री गरिए उनीहरूको पहुँच सीमित हुने, आयोजनाप्रतिको अपनत्वको भावना कमजोर हुने तथा आयोजना र स्थानीय समुदायबीचको विश्वासमा नकारात्मक असर पर्न सक्ने उल्लेख गरिएको छ।
इप्पानले स्थानीयबासीलाई अंकित मूल्यमा सेयर उपलब्ध गराउँदा उनीहरू आयोजनाका वास्तविक साझेदार बन्ने, स्वामित्वको भावना बढ्ने, सामाजिक विवाद तथा अवरोध कम हुने र आयोजना समयमै सम्पन्न गर्न अनुकूल वातावरण बन्ने विश्वास व्यक्त गरेको छ। यसबाट स्थानीय समुदायको आर्थिक सशक्तीकरण, स्थानीय विकास र सामाजिक सद्भावमा समेत सकारात्मक योगदान पुग्ने संस्थाको भनाइ छ।
इप्पानले नेपाल सरकार, सम्बन्धित नियामक निकाय तथा सबै प्रवर्द्धक कम्पनीलाई स्थानीय प्रभावित बासिन्दाको हितलाई प्राथमिकतामा राख्दै प्रतिकित्ता १०० रुपैयाँमै सेयर उपलब्ध गराउने व्यवस्था निरन्तर कायम राख्न आग्रह गरेको छ।
साथै, साधारण सेयर निष्कासनसँग सम्बन्धित नियामकीय प्रक्रियालाई सरल, पारदर्शी र समयबद्ध बनाउन तथा सेयर निष्कासनमा भइरहेको ढिलाइ हटाई जलविद्युत क्षेत्रमा लगानीको वातावरण थप सुदृढ बनाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
इन्डोनेसियामा यात्रुवाहक पानीजहाजमा आगलागी: पाँच जनाको मृत्यु, ४१ बेपत्ता
-
गगन थापाको सरकारलाई सुझाव: ‘डिजिटल अर्थतन्त्र बढाउन निजी क्षेत्रमाथि विश्वास गर्नुस्’
-
स्थानीयबासीलाई जलविद्युतको सेयर अंकित मूल्यमै उपलब्ध गराउन इप्पानको आग्रह
-
सुस्तामा फेरि भारतीय एसएसबी प्रवेश : निर्माणाधीन बाँध भत्काइयो, झडपमा ३ नेपाली घाइते
-
चीनमा विद्युतीय सवारीको बढ्दो प्रयोगले इन्धन खपतमा ठूलो गिरावट
धेरै पढिएको
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
-
यी हुन् विश्वकप फुटबलका पाँच अप्रत्याशित नतिजा
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।