ब्रोड पिक हिमपहिरो: निम्सदाइको शव भेटियो

१७ श्रावण, २०८३, आइतवार
सारांश
  • उद्धार टिमले शवलाई जापानिज क्याम्पमा ल्याउदै गरेको जानकारी दिदै एसीपीले अन्य शवको पहिचान भने नभएको जनाएको छ ।

काठमाडौँ: पाकिस्तानको ब्रोड पिकमा गएको हिमपहिरोमा परेर मृत्यु भएका आरोही निर्मल पुर्जा ‘निम्सदाइ’ को शव फेला परेको छ ।

 

पाकिस्तानको अल्पाइन क्लब (एसीपी) ले ब्रड पिक हिमालको करिब ५७ सय मिटर उचाइमा निम्सदाइको शव फेला परेको जानकारी दिएको छ ।

 

सो स्थानमा अन्य तीन शव पनि फेला परेको एसीपीले उल्लेख गरेको छ ।

 

उद्धार टिमले शवलाई जापानिज क्याम्पमा ल्याउदै गरेको जानकारी दिदै एसीपीले अन्य शवको पहिचान भने नभएको जनाएको छ ।

 

हिमपहिरोमा परेर ६ नेपाली आरोहीसहित कुल १० आरोही बिहीबार बिहानदेखि सम्पर्क विहिन भएका थिए । यसअघि शनिबार आरोहण कम्पनी एलिट एक्सपेडले ब्रोड पिक आरोहणमा गएका सबैको मृत्यु भएको पुष्टि गरेको थियो ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

ब्रिक्स के हो, यसमा कुन कुन देश छन् ?

ब्रिक्स नाम सुरुमा ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकाका अंग्रेजी नामका पहिलो अक्षरबाट बनेको थियो । सन् २००१ मा अर्थशास्त्री जिम ओ’निलले ‘ब्रिक’ शब्द प्रयोग गरेका थिए । सन् २०१० मा दक्षिण अफ्रिका समूहमा जोडिएपछि यसको नाम ‘ब्रिक्स’ भएको थियो ।

थप समाचार