कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको पशुपति आर्यघाटमा अन्त्येष्टि

१३ श्रावण, २०८३, बुधवार
सारांश
  • श्रेष्ठको पार्थिव शरीरलाई बुधबार बिहान ९ बजेदेखि ११ बजेसम्म नेपाली कांग्रेसको पार्टी कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिएको थियो । सो अवसरमा पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूले अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए ।

काठमाडौं: नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वमन्त्री गोपालमान श्रेष्ठको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । ८३ वर्षको उमेरमा मंगलबार निधन भएका श्रेष्ठको बुधबार हिन्दु संस्कारअनुसार अन्त्येष्टि गरिएको हो ।

 

श्रेष्ठको पार्थिव शरीरलाई बुधबार बिहान ९ बजेदेखि ११ बजेसम्म नेपाली कांग्रेसको पार्टी कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिएको थियो । सो अवसरमा पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूले अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए ।

 

लामो समय नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रहेका श्रेष्ठको निधनले पार्टी र नेपाली राजनीतिक क्षेत्रमा अपूरणीय क्षति पुगेको कांग्रेसले जनाएको छ ।

 

काँग्रेसले श्रेष्ठको निधनमा तीन दिन पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ ।

 

 


 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?

सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।

थप समाचार