मन्त्री बादी र युनिसेफ नेपालकी प्रतिनिधि अकुङ्गाबीच भेटवार्ता
१३ श्रावण, २०८३, बुधवार
- युनिसेफ नेपालकी प्रतिनिधि एलिस अकुङ्गाले बाल अधिकार, शिक्षा, पोषण, सामाजिक सुरक्षा तथा सुरक्षित बाल्यकाल सुनिश्चित गर्ने साझा लक्ष्यका लागि नेपाल सरकारसँगको साझेदारीलाई आगामी दिनमा अझ सुदृढ बनाउँदै आवश्यक प्राविधिक तथा कार्यक्रमगत सहयोगलाई निरन्तरता दिने बताएकी थिइन् ।
काठमाडौं: महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक तथा सामाजिक सुरक्षा मन्त्री सिता बादी र युनिसेफ नेपालकी प्रतिनिधि एलिस अकुङ्गाबीच आज मन्त्रालयमा शिष्टाचार भेटवार्ता सम्पन्न भएको छ ।
भेटवार्तामा महिला तथा बालबालिकाको अधिकार, बाल संरक्षण, सामाजिक सुरक्षा, बालविवाह अन्त्य, लैङ्गिक समानता प्रवर्द्धन तथा समुदायमा आधारित सेवा प्रणालीलाई थप सुदृढ बनाउने विषयमा केन्द्रित भएर छलफल भएको थियो । साथै नेपाल सरकार र युनिसेफबीच सञ्चालित कार्यक्रमहरूको प्रभावकारिता बढाउने तथा आगामी सहकार्यका प्राथमिकता निर्धारण गर्ने विषयमा समेत विचार आदान–प्रदान भएको थियो ।
मन्त्री सिता बादीले महिला, बालबालिका तथा जोखिममा रहेका समुदायको जीवनमा प्रत्यक्ष परिवर्तन ल्याउने नीति तथा कार्यक्रमलाई सरकारले उच्च प्राथमिकताका साथ अघि बढाइरहेको उल्लेख गर्दै बालविवाह अन्त्य, लैङ्गिक हिंसा न्यूनीकरण तथा सामाजिक सुरक्षाको पहुँच विस्तारका लागि विकास साझेदारसँगको समन्वयलाई थप परिणाममुखी बनाइने बताइन् ।
युनिसेफ नेपालकी प्रतिनिधि एलिस अकुङ्गाले बाल अधिकार, शिक्षा, पोषण, सामाजिक सुरक्षा तथा सुरक्षित बाल्यकाल सुनिश्चित गर्ने साझा लक्ष्यका लागि नेपाल सरकारसँगको साझेदारीलाई आगामी दिनमा अझ सुदृढ बनाउँदै आवश्यक प्राविधिक तथा कार्यक्रमगत सहयोगलाई निरन्तरता दिने बताएकी थिइन् ।
भेटवार्तामा बालमैत्री तथा समावेशी समाज निर्माण, महिला तथा बालबालिकामाथि हुने हिंसा न्यूनीकरण, बालविवाह अन्त्य तथा सामाजिक सुरक्षाको प्रभावकारी कार्यान्वयनका लागि दुवै पक्षबीचको सहकार्यलाई अझ व्यवस्थित र परिणाममुखी ढङ्गले अघि बढाउने विषयमा समेत छलफल भएको मन्त्रालयले जनाएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
ब्रिक्स के हो, यसमा कुन कुन देश छन् ?
ब्रिक्स नाम सुरुमा ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकाका अंग्रेजी नामका पहिलो अक्षरबाट बनेको थियो । सन् २००१ मा अर्थशास्त्री जिम ओ’निलले ‘ब्रिक’ शब्द प्रयोग गरेका थिए । सन् २०१० मा दक्षिण अफ्रिका समूहमा जोडिएपछि यसको नाम ‘ब्रिक्स’ भएको थियो ।