निर्वाचन आयोगका प्रमुख आयुक्त र आयुक्त संसदीय सुनुवाई समितिबाट अनुमोदित
१३ श्रावण, २०८३, बुधवार
- बुधबार बसेको समितिको बैठकले आयोगको प्रमुख आयुक्तमा सिफारिस कार्की र दुई आयुक्त पदमा सिफारिस भएका सुब्बा र वाग्लेलाई सर्वसम्मत अनुमोदन गरेको समिति सभापति बोधनारायण श्रेष्ठले जानकारी दिएका छन् ।
काठमाडौं: संसदीय सुनुवाइ समितिले निर्वाचन आयोगको प्रमुख आयुक्त मानबहादुर कार्की र आयुक्त पदमा सिफारिस भएका डा. राजीव सुब्बा र गुरुप्रसाद वाग्लेलाई अनुमोदन गरेको छ ।
बुधबार बसेको समितिको बैठकले आयोगको प्रमुख आयुक्तमा सिफारिस कार्की र दुई आयुक्त पदमा सिफारिस भएका सुब्बा र वाग्लेलाई सर्वसम्मत अनुमोदन गरेको समिति सभापति बोधनारायण श्रेष्ठले जानकारी दिएका छन् ।
संवैधानिक परिषद्को असार १९ गते बसेको बैठकले प्रमुख निर्वाचन आयुक्त पदमा मानबहादुर कार्की र आयुक्त पदमा डा. राजीव सुब्बा र गुरुप्रसाद वाग्लेलाई नियुक्त गर्न सिफारिस गर्ने निर्णय गरेको थियो ।
संबैधानिक व्यवस्था अनुसार समितिको अनुमोदनपछि अब राष्ट्रपतिले नियुक्त गर्ने प्रावधान रहेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
शिक्षामन्त्री पोखरेल र साइप्रसका राजदूतबीच भेटवार्ता, उच्च शिक्षामा सहकार्य विस्तारबारे छलफल
-
विराटनगरमाथि चितवन राइनोजको रोमाञ्चक जित
-
अनलाइन ट्रोल र दुर्व्यबहारविरुद्ध रश्मिका र विजयको उजुरी
-
नेप्सेमा सामान्य वृद्धि, ५ अर्ब ७९ करोडको कारोबार
-
सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन प्रमुखसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
धेरै पढिएको
विशेष
सामुदायिक क्याम्पसको सङ्कट: रूपनगर क्याम्पसले उठाएका प्रश्न
प्रा. गजुरेलले निजी क्याम्पसले अनुचित अभ्यास (कमिसन/सेटिङ) गरेर विद्यार्थी तान्ने गरेको आरोप लगाएका छन्। यो गम्भीर आरोप हो, र यसको समाधान क्याम्पसका सञ्चालकको गुनासोले होइन, विश्वविद्यालय र आयोगको नियमन तथा प्रमाणित तथ्यले गर्नुपर्छ।