कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको पशुपति आर्यघाटमा अन्त्येष्टि

१३ श्रावण, २०८३, बुधवार
सारांश
  • श्रेष्ठको पार्थिव शरीरलाई बुधबार बिहान ९ बजेदेखि ११ बजेसम्म नेपाली कांग्रेसको पार्टी कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिएको थियो । सो अवसरमा पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूले अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए ।

काठमाडौं: नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वमन्त्री गोपालमान श्रेष्ठको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । ८३ वर्षको उमेरमा मंगलबार निधन भएका श्रेष्ठको बुधबार हिन्दु संस्कारअनुसार अन्त्येष्टि गरिएको हो ।

 

श्रेष्ठको पार्थिव शरीरलाई बुधबार बिहान ९ बजेदेखि ११ बजेसम्म नेपाली कांग्रेसको पार्टी कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिएको थियो । सो अवसरमा पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूले अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए ।

 

लामो समय नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रहेका श्रेष्ठको निधनले पार्टी र नेपाली राजनीतिक क्षेत्रमा अपूरणीय क्षति पुगेको कांग्रेसले जनाएको छ ।

 

काँग्रेसले श्रेष्ठको निधनमा तीन दिन पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ ।

 

 


 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

सामुदायिक क्याम्पसको सङ्कट: रूपनगर क्याम्पसले उठाएका प्रश्न

प्रा. गजुरेलले निजी क्याम्पसले अनुचित अभ्यास (कमिसन/सेटिङ) गरेर विद्यार्थी तान्ने गरेको आरोप लगाएका छन्। यो गम्भीर आरोप हो, र यसको समाधान क्याम्पसका सञ्चालकको गुनासोले होइन, विश्वविद्यालय र आयोगको नियमन तथा प्रमाणित तथ्यले गर्नुपर्छ।

थप समाचार