नेपाल-अष्ट्रेलिया परामर्श संयन्त्रको तेस्रो बैठक: व्यापार, लगानी र शिक्षामा सहकार्य विस्तारमा जोड
२०८३ श्रावण ९ शनिवार
- बैठकमा दुई देशबीचको द्विपक्षीय सम्बन्धको समग्र अवस्थाको समीक्षा गर्नुका साथै आपसी हितका विभिन्न विषयमा छलफल गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
काठमाण्डौ, ०९ श्रावण । नेपाल-अष्ट्रेलिया द्विपक्षीय परामर्श संयन्त्र (बीसीएम) को तेस्रो बैठक शुक्रबार काठमाडौँमा सम्पन्न भएको छ । बैठकमा दुई देशबीचको द्विपक्षीय सम्बन्धको समग्र अवस्थाको समीक्षा गर्नुका साथै आपसी हितका विभिन्न विषयमा छलफल गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
दुवै पक्षले दुई देशबीच भएका सहमतिलाई ठोस उपलब्धिमा रूपान्तरण गर्दै पारस्परिक हितका लागि सहकार्यलाई थप मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
बैठकमा उच्चस्तरीय राजनीतिक सम्पर्क, जलवायु परिवर्तनसँग सामना गर्ने क्षमता अभिवृद्धि, हरित अर्थतन्त्र, जलस्रोत व्यवस्थापन, कृषि अनुसन्धान तथा नेपालको राष्ट्रिय प्राथमिकताअनुसार अष्ट्रेलियाको विकास साझेदारी योजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने विषयमा समीक्षा गरिएको थियो ।
त्यस्तै, व्यापारिक सम्बन्ध विस्तार, हवाई सम्पर्क, पर्यटन प्रवर्द्धन, नेपालको जलविधुत् क्षेत्रमा लगानी, शिक्षा तथा अनुसन्धानका लागि औपचारिक सहकार्यको ढाँचा निर्माणलगायत विषयलाई प्राथमिकताका साथ उठाइएको थियो ।बैठकमा गैरआवासीय नेपाली समुदायको सञ्जाललाई उपयोग गर्दै जनस्तरको सम्बन्ध सुदृढ बनाउने, आप्रवासन तथा प्रवेशाज्ञा व्यवस्थापनमा सहकार्य गर्ने र भगिनी सहर सम्बन्ध स्थापना गर्ने सम्भावनाबारे पनि छलफल भएको छ ।
यसैगरी, दुवै पक्षले क्षेत्रीय तथा अन्तर्राष्ट्रिय घटनाक्रम, मानव अधिकार, कार्बन व्यापारको ढाँचा तथा संयुक्त राष्ट्रसंघजस्ता बहुपक्षीय मञ्चमा एकअर्काका उम्मेदवारीलाई पारस्परिक समर्थन गर्ने विषयमा समेत विचार आदानप्रदान गरेका छन् ।
बैठकको सहअध्यक्षता नेपालका परराष्ट्र सचिव अमृतबहादुर राई र अस्ट्रेलियाको परराष्ट्र तथा व्यापार विभागअन्तर्गत दक्षिण तथा मध्य एसिया महाशाखाकी प्रथम सहायक सचिव सारा स्टोरीले गरेका थिए ।
अस्ट्रेलियाली प्रतिनिधिमण्डलमा परराष्ट्र तथा व्यापार विभाग, अष्ट्रेलियाली दूतावास, गृह मन्त्रालय, रक्षा निकाय तथा शिक्षा–अनुसन्धान क्षेत्रका उच्च अधिकारी सहभागी थिए ।
नेपालको तर्फबाट परराष्ट्र, अर्थ, गृह, उद्योग, वाणिज्य तथा आपूर्ति, कृषि, वन तथा वातावरण, शिक्षा तथा खेलकुद, जल तथा ऊर्जा आयोग सचिवालयलगायत निकायका सहसचिव तथा अन्य अधिकारीहरूको सहभागिता रहेको थियो ।
यसअघि विहिवार नेपाल–अष्ट्रेलिया व्यापार तथा लगानी रूपरेखाअन्तर्गत संयुक्त व्यापार तथा लगानी समितिको पहिलो बैठक पनि काठमाडौँमा सम्पन्न भएको थियो।
नेपाल र अष्ट्रेलियाबीचको द्विपक्षीय परामर्श संयन्त्र सन् २०१७ को जुलाईमा स्थापना भएको हो। यसको पहिलो बैठक सन् २०१८ मा काठमाडौँमा र दोस्रो बैठक सन् २०२२ मा अष्ट्रेलियाको क्यानबेरामा सम्पन्न भएको थियो ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक नियुक्तिका लागि १३ जनाको आवेदन स्वीकृत
-
सांसद गणेश पौडेलमाथि मसी प्रहारको घटनाप्रति रास्वपाको आपत्ति, निष्पक्ष छानबिनको माग
-
नेपाल-अष्ट्रेलिया परामर्श संयन्त्रको तेस्रो बैठक: व्यापार, लगानी र शिक्षामा सहकार्य विस्तारमा जोड
-
हिटलरको जन्मघरलाई बनाइयो प्रहरी कार्यालय
-
आज हरिशयनी एकादशी, घर घरमा तुलसी रोपेर मनाईंदै
धेरै पढिएको
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
-
यी हुन् विश्वकप फुटबलका पाँच अप्रत्याशित नतिजा
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।