हिटलरको जन्मघरलाई बनाइयो प्रहरी कार्यालय

२०८३ श्रावण ९ शनिवार
सारांश
  • जर्मनीको सीमाना नजिक रहेको अस्ट्रियाको ब्राउनाउ आम इन सहरस्थित उक्त भवनले बुधबारदेखि नयाँ भूमिकामा काम शुरु गरेको हो ।

काठमाण्डौ, ०९ श्रावण । अष्ट्रियाले तानाशाह एडोल्फ हिटलरको जन्मस्थल रहेको भवनलाई आधिकारिक रूपमा प्रहरी कार्यालयमा रूपान्तरण गरेको छ । जर्मनीको सीमाना नजिक रहेको अस्ट्रियाको ब्राउनाउ आम इन सहरस्थित उक्त भवनले बुधबारदेखि नयाँ भूमिकामा काम शुरु गरेको हो ।

 

अष्ट्रिया सरकारले यो निर्णयको उद्देश्य उक्त स्थानलाई नवनाजी समर्थकहरूको आकर्षणको केन्द्र बन्न नदिनु रहेको जनाएको छ ।

 

यो भवन लामो समयसम्म निजी स्वामित्वमा थियो । यहाँ अपाङ्गता भएका व्यक्तिका लागि काम गर्ने एक परोपकारी संस्थाले पनि आफ्नो गतिविधि सञ्चालन गर्दै आएको थियो । लामो कानुनी विवादपछि अष्ट्रिया सरकारले सन् २०१७ मा भवन आफ्नो स्वामित्वमा लिएको थियो भने सन् २०१९ मा यसलाई प्रहरी कार्यालयमा रूपान्तरण गर्ने निर्णय गरेको थियो ।

 

अस्ट्रियाको गृह मन्त्रालयअन्तर्गत इतिहास विभागका प्रमुख स्टेफन म्लचोजका अनुसार भवनलाई हिटलरको पहिचानबाट अलग गर्दै त्यससँग जोडिएको कुनै पनि प्रतीकात्मक वा रहस्यमय छवि समाप्त गर्ने उद्देश्यले यस्तो परिवर्तन गरिएको हो ।

 

हाल भवनको बाहिर केवल ‘प्रहरी’ भन्ने संकेत मात्र राखिएको छ । भवनअगाडिको सडककिनारमा भने माउथहाउसेन यातना शिविरबाट ल्याइएको स्मारक शिला अझै सुरक्षित छ, जसमा ‘फासीवाद फेरि कहिल्यै होइन’ भन्ने सन्देश लेखिएको छ। तर, उक्त शिलामा हिटलरको नाम भने कतै उल्लेख गरिएको छैन ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?

सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।

थप समाचार