स्वास्थ्य बीमा बोर्डद्वारा २५ अर्ब ४८ करोडभन्दा बढी दाबी भुक्तानी

८ श्रावण, २०८३, शुक्रवार
सारांश
  • पछिल्लो निर्णयअनुसार २०८२ पुस महिनाको स्वीकृत भएका दाबीको रकम दुई अर्ब चार करोड ८३ लाख सात हजार ७६९ सेवा प्रदायक स्वास्थ्य संस्थाको बैङ्क खातामा जम्मा गरिएको हो।

काठमाडौँ: स्वास्थ्य बीमा बोर्डले आर्थिक वर्ष २०८२ र ८३ मा अघिल्लो आर्थिक वर्ष र २०८२ पुस महिनासम्म स्वीकृत स्वास्थ्य बिमा दाबीबापत २५ अर्ब ४८ करोड ८७ लाख ८७ हजार ४७९ भुक्तानी गरेको जनाएको छ।

 

बोर्डले आर्थिक वर्ष २०८२ र ८३ मा असोज, कात्तिक र मङ्सिरसम्म प्राप्त दाबीमध्ये स्वीकृत दाबीको भुक्तानी यसअघि नै सम्पन्न गरिएको थियो।

 

पछिल्लो निर्णयअनुसार २०८२ पुस महिनाको स्वीकृत भएका दाबीको रकम दुई अर्ब चार करोड ८३ लाख सात हजार ७६९ सेवा प्रदायक स्वास्थ्य संस्थाको बैङ्क खातामा जम्मा गरिएको हो।

 

यससँगै आर्थिक वर्ष २०८२ र ८३ अन्तर्गत पुस महिनासम्मका स्वीकृत दाबीको भुक्तानी सम्पन्न भएको बोर्डले जनाएको छ।स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थालाई दाबी भुक्तानी नियमित, पारदर्शी र चरणबद्ध रूपमा अगाडि बढाइरहेको जनाएको छ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार