- मन्त्री पोखरेलले सरकारले हालका लागि यस्तो कुनै निर्णय नगरेको बताएका छन्।
काठमाडौँ: सरकारले लागू गरेको आइतबारको सार्वजनिक बिदा यथावत् रहने भएको छ। शिक्षा तथा खेलकुदमन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोखरेलले आइतबारको बिदा खारेज हुने चर्चा निराधार रहेको स्पष्ट पारेका हुन्।
सार्वजनिक बिदा पुनरावलोकन गर्न सरकारले समिति गठन गरेपछि आइतबारको बिदा हटाइने अनुमान सार्वजनिक रूपमा गरिएको थियो। तर, मन्त्री पोखरेलले सरकारले हालका लागि यस्तो कुनै निर्णय नगरेको बताएका छन्।
उनका अनुसार आइतबारको बिदा यथावत् रहनेछ। उनले अन्तर्राष्ट्रिय अभ्यासमा पनि अधिकांश देशमा हप्तामा दुई दिन सार्वजनिक बिदा दिने प्रचलन रहेको उल्लेख गर्दै सरकारले आइतबारको बिदा तत्काल हटाउने विषयमा कुनै योजना नबनाएको जानकारी दिए।
सरकारले गत चैत २२ गतेदेखि शनिबार र आइतबार गरी हप्तामा दुई दिन सार्वजनिक बिदा दिने व्यवस्था लागू गरेको थियो।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।