- छायांकनका क्रममा घोडाबाट खसेका विजयको दाहिने हातको नाडीको जोर्नीमा चोट लागेको थियो । उक्त चोट निको भएसँगै बाँकी छायांकन धमाधम भइरहेको छ ।
काठमाडौं: चलचित्र ‘सिन्दुरे जात्रा’को छायांकन पुनः सुरु भएको छ । चलचित्रका मुख्य कालकार विजय बराल घाइते भएसँगै रोकिएको छायांकन पुनः सुरु भएको हो ।
छायांकनका क्रममा घोडाबाट खसेका विजयको दाहिने हातको नाडीको जोर्नीमा चोट लागेको थियो । उक्त चोट निको भएसँगै बाँकी छायांकन धमाधम भइरहेको छ ।
जेठ १ गतेदेखि पर्वतको कुस्मा नगरपालिकास्थित आर्थर डाँडाखर्कबाट चलचित्रको छायांकन सुरु भएको थियो । १५ दिन छायांकन भएपछि विजय घाइते भएपछि छायांकन रोकिएको थियो । दुई साताअघि देखि सोही स्थानबाट छायांकन सरु भएको निर्देशक सरोज पौडेलले जानकारी दिए । “हामीले दुई साता देखि पुनः छायांकन सुरु गरेका छौँ । केही समय छायांकन रोकिए पनि हामी फेरि उही जोस र लगावका साथ काममा फर्किएका छौँ,” उनले भने, “यो बीचमा हामीले थप कसरी राम्रोसँग सिनेमा खिच्ने भनेर तयारी गर्यौं । यो खाली समयलाई हामी सदुपयोग नै गरेका छौँ ।”
‘सिन्दुरे जात्रा’मार्फत निर्देशक सरोज पौडेल र कलाकारद्वय विजय बराल तथा अञ्जना बराइलीले दोस्रो पटक सहकार्य गरिरहेका छन् ।
यसअघि यो टिमले नेपाली चलचित्र इतिहासकै सर्वाधिक सफल मानिएको ‘पूर्णबहादुरको सारङ्गी’मा सँगै काम गरेको थियो । सारङ्गी फिल्म्सको प्रस्तुतिमा निर्माण भइरहेको यस चलचित्रमा विजय र अञ्जनाका अलावा विनोद न्यौपाने, कमलमणि नेपाल, लोकेन्द्र लेखक, भोलाराज सापकोटा, पूर्वमिस नेपाल उषा खड्गीलगायतका कलाकारहरूको पनि अभिनय देख्न सकिनेछ ।
सबिन अधिकारी र वसन्त न्यौपानेको लेखन रहेको चलचित्रमा निर्देशक पौडेल स्वयंको कथा छ । चलचित्रका कार्यकारी निर्माता दिनेश खड्का हुन् भने आकाश, सुमन रञ्जित र श्याम मगर सह-निर्मातामा छन् । पदम बहादुर श्रेष्ठ (बाबु) डीओपी रहने चलचित्रमा नहकुल खड्काको सम्पादन तथा प्रशान्त सिवाकोटी, रिदम कँडेल र नन्दु परियारको संगीत रहनेछ ।
रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्मसले देशव्यापी वितरण गर्ने ‘सिन्दुरे जात्रा’ आगामी मंसिर ४ गते रिलिज हुने छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।