मदन पुरस्कारका लागि यी १० कृतिको छनौट

४ श्रावण, २०८३, सोमवार
सारांश
  • गुठीका अध्यक्ष कुन्द दिक्षितले प्राप्त २९८ पुस्तकबाट १० पुस्तकको अन्तिम सूची सार्बजनिक गरिएको जनाएका छन् ।

काठमाडौँ: मदन पुरस्कार गुठीले २०८२ को मदन पुरस्कारका लागि १० कृतिको छनौट गरेको छ । गुठीले यी १० मध्ये एक कृतिलाई वर्ष २०८२ को मदन पुरस्कार अर्पण गरिने जनाएको छ ।

 

छनौट गरिएका १० कृतिमा केशवराज ज्ञवालीको अज्ञात, केशव दाहालको इथा, ललित विष्टको उत्कर्ष, रोशनकुमार झाको नेपालमण्डलसँग जोडिएको सिम्रौनगढको इतिहास, वीणा जोशी (राजभण्डारी) को नेवार समुदायका परम्परागत मुकुन्डोनाच, उमा सुवेदीको परिधि, सीमा आभासको महायुग, श्रवण मुकारुङको सलह, डा. नवराज केसीको स्वस्पर्श र नदीशको हिउँद रहेका छन् ।

 

गुठीका अध्यक्ष कुन्द दिक्षितले प्राप्त २९८ पुस्तकबाट १० पुस्तकको अन्तिम सूची सार्बजनिक गरिएको जनाएका छन् ।

 

 


 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार