दुर्गेश थापाको नयाँ गीत 'मास्टर्नी' विवादमा, प्रसारण बन्द गर्न शिक्षक महासङ्घको माग

१ श्रावण, २०८३, शुक्रवार
सारांश
  • महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाद्वारा संयुक्त रूपमा जारी विज्ञप्तिमा भनिएको छ- 'महिला शिक्षकप्रति लक्षित अमर्यादित शब्द र भाव संयोजन गरिएको त्यो गीतले शिक्षक र शिक्षण पेसाको गरिमा माथि गम्भीर प्रहार गरेको छ ।'

काठमाडौँ: गायक दुर्गेश थापा र बबिना किरातीको नयाँ गीत ‘मास्टर्नी’ विवादमा परेको छ । गीतमा प्रयोग गरिएको दुईअर्थी शब्द र प्रस्तुतीको विषयमा विवाद भएको हो । 

 

नेपाल शिक्षक महासंघले विज्ञप्ती नै निकालेर गीतप्रति आपति जनाएको छ । अभिनेत्री प्रियंका कार्की र दुर्गेश थापासहित आर्यन सिग्देल र अयुश्मान जोशीको अभिनय रहेको यस गीतले समग्र शिक्षण क्षेत्रको अपमान गरेको भन्दै महासंघले तत्काल बन्द गर्न माग गरेको हो ।

 

​महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाद्वारा संयुक्त रूपमा जारी विज्ञप्तिमा भनिएको छ- 'महिला शिक्षकप्रति लक्षित अमर्यादित शब्द र भाव संयोजन गरिएको त्यो गीतले शिक्षक र शिक्षण पेसाको गरिमा माथि गम्भीर प्रहार गरेको छ ।'

 

​महासङ्घले उक्त गीतलाई तुरुन्त प्रसारण गर्न बन्द गर्न र चलचित्रमा समेत प्रयोग नगर्न सम्बन्धित निर्माण पक्षसँग जोडदार माग गरेको छ ।

 

​साथै, उक्त गीतलाई निरन्तरता दिएमा र यसबाट कुनै पनि असहज परिस्थिति वा परिणाम उत्पन्न भएमा त्यसको सम्पूर्ण जिम्मेवारी चलचित्र निर्माता र सम्बन्धित कलाकारहरूले नै लिनुपर्ने समेत महासङ्घले विज्ञप्तिमार्फत चेतावनी दिएको छ । 

 

 


 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?

सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।

थप समाचार