कतारका पूर्व अमिर अल थानीको ७४ वर्षको उमेरमा निधन

२८ आषाढ़, २०८३, आइतवार
सारांश
  • उनी आधुनिक कतार निर्माणका प्रमुख व्यक्तिमध्ये एक मानिन्छन् । उनको नेतृत्वकालमा सन् १९९६ मा उनको आदेशमा अन्तर्राष्ट्रिय समाचार संस्था अल जजिराको स्थापना भएको थियो ।

काठमाडौँ: कतारका पूर्व अमिर शेख हमद बिन खलिफा अल थानीको ७४ वर्षको उमेरमा निधन भएको छ । कतार सरकारले आइतबार उनको निधन भएको जानकारी दिएको हो ।

 

शेख हमद बिन खलिफा अल थानी सन् १९९५ देखि २०१३ सम्म कतारका अमिर रहेका थिए । उनको शासनकालमा कतारले तीव्र आर्थिक विकास गरेको थियो ।

 

उनी आधुनिक कतार निर्माणका प्रमुख व्यक्तिमध्ये एक मानिन्छन् । उनको नेतृत्वकालमा सन् १९९६ मा उनको आदेशमा अन्तर्राष्ट्रिय समाचार संस्था अल जजिराको स्थापना भएको थियो ।

 

सन् २०१३ मा शेख हमदले सत्ता आफ्ना छोरा शेख तमीम बिन हमद अल थानीलाई हस्तान्तरण गरेका थिए । हाल शेख तमीम नै कतारका अमिर छन् ।

 

 


 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?

सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।

थप समाचार