- इरानका पूर्व सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको अन्त्येष्टि उनको गृहनगर मशहदमा सम्पन्न भएको छ । उनलाई इमाम रेजा दरगाह परिसरमा दफन गरिएको हो ।
काठमाण्डौ, २६ अषाढ़ । इरानका पूर्व सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको अन्त्येष्टि उनको गृहनगर मशहदमा सम्पन्न भएको छ । उनलाई इमाम रेजा दरगाह परिसरमा दफन गरिएको हो । यससँगै छ दिनसम्म चलेको राजकीय शोक तथा अन्त्येष्टि कार्यक्रम औपचारिक रूपमा सम्पन्न भएको छ । इरान र इराकका विभिन्न सहरबाट लाखौँ मानिस अन्तिम श्रद्धाञ्जलिमा सहभागी भएका थिए ।
अन्त्येष्टिअघि खामेनीको पार्थिव शरीर तेहरान, कोमलगायत प्रमुख सहरमा श्रद्धाञ्जलिका लागि राखिएको थियो । अन्तिम दिन उनको शव मशहद पुर्याइएपछि ठूलो संख्यामा समर्थक भेला भएका थिए । अन्तिम यात्राका क्रममा अमेरिका र इजरायलविरुद्ध नाराबाजी गरिएको थियो । इरानी सरकारी सञ्चारमाध्यमका अनुसार १०१ वर्षीय धर्मगुरु अयातोल्लाह हुसेन नुरी हमदानीले जनाजाको नमाज पढाएका थिए ।
खामेनीका छोरा तथा सम्भावित उत्तराधिकारी अयातोल्लाह मोज्तबा खामेनी भने अन्त्येष्टिमा सार्वजनिक रूपमा देखिएनन् । इरानी सञ्चारमाध्यमका अनुसार सुरक्षा र स्वास्थ्यका कारण उनले सार्वजनिक कार्यक्रममा सहभागिता जनाएनन् । उनले भने लिखित सन्देशमार्फत शोक व्यक्त गर्ने र श्रद्धाञ्जलि दिने सबैप्रति आभार प्रकट गरेका छन् ।
यसैबीच अमेरिका र इरानबीचको सैन्य तनाव फेरि तीव्र बनेको छ । अमेरिकाले बिहीबार बिहान इरानका विभिन्न सैन्य संरचनामाथि नयाँ हवाई आक्रमण गरेको छ । इरानले बुशेहर परमाणु ऊर्जा केन्द्र नजिक आक्रमण भएको आरोप लगाए पनि केन्द्रमा कुनै क्षति नभएको जनाएको छ । अमेरिकी केन्द्रीय कमान्डका अनुसार पछिल्ला दुई दिनमा इरानका १७० भन्दा बढी सैन्य लक्ष्यमा क्षेप्यास्त्र र ड्रोन प्रहार गरिएको छ । आक्रमणमा १४ जनाको मृत्यु भएको बताइएको छ ।
अमेरिकी सेनाले वायु प्रतिरक्षा प्रणाली, ड्रोन तथा क्षेप्यास्त्र भण्डार, सैन्य डुङ्गा र होर्मुज जलडमरूमध्य आसपासका सैन्य संरचनालाई निशाना बनाएको जनाएको छ । सार्वजनिक गरिएको दृश्यमा विमानस्थलको धावनमार्ग र क्षेप्यास्त्र प्रक्षेपणस्थलमा आक्रमण गरिएको देखाइएको छ ।
अमेरिकी आक्रमणको जवाफमा इरानले कतार, कुवेत र बहराइनस्थित अमेरिकी सैन्य अड्डामाथि ड्रोन तथा क्षेप्यास्त्र आक्रमण गरेको जनाएको छ । इरानले कुवेतको क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली, कतारको प्रारम्भिक चेतावनी प्रणाली र बहराइनमा रहेको अमेरिकी सेनाको इन्धन भण्डारण केन्द्रलाई निशाना बनाएको दाबी गरेको छ । साथै जोर्डनको अजराक सैन्य अड्डातर्फ पनि क्षेप्यास्त्र प्रहार गरिएको बताइएको छ, जहाँ अमेरिकी सैनिक र लडाकु विमान तैनाथ छन्।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।