- क्रिकेट अस्ट्रेलियाका अनुसार बिग बास लिगको इतिहासमा पहिलो पटक प्रतियोगिताको खेल अस्ट्रेलियाबाहिर आयोजना हुन लागेको हो । विश्वकै ठूलो क्रिकेट बजार मानिने भारतमा प्रतियोगिताको पहुँच विस्तार गर्दै बिग बास लिगलाई अन्तर्राष्ट्रिय स्तरमा थप लोकप्रिय बनाउने उद्देश्यले यो निर्णय गरिएको जनाइएको छ ।
काठमाडौँ: अस्ट्रेलियाको चर्चित घरेलु टी-२० प्रतियोगिता बिग बास लिगको १६औँ संस्करणको उद्घाटन खेल भारतको चेन्नईस्थित एमए चिदम्बरम (चेपक) रङ्गशालामा हुने भएको छ ।
विदेशी क्रिकेट लिगको खेल भारतमा आयोजना हुन लागेको यो पहिलो अवसर हुनेछ ।
शुक्रबार अस्ट्रेलिया भ्रमणको तेस्रो दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यसबारे घोषणा गरेका हुन् । उनी अस्ट्रेलियाली प्रधानमन्त्री एन्थोनी अल्बानिजसँग मेलबर्न क्रिकेट मैदान पुगेका थिए । सो अवसरमा अस्ट्रेलियाका पूर्वकप्तान स्टिभ वा तथा पूर्वमहिला क्रिकेटर लिसा स्टालेकर पनि उपस्थित थिए ।
त्यसपछि क्रिकेट अस्ट्रेलियाले सन् २०२६-२७ सिजनको खेल तालिका सार्वजनिक गर्दै बिग बास लिगको उद्घाटन खेल आगामी डिसेम्बर १२ मा चेन्नईको चेपक रङ्गशालामा हुने जनाएको छ । उद्घाटन खेलमा मेलबर्न रेनेगेड्स र साविक विजेता पर्थ स्कर्चर्सबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेलमा मेलबर्न रेनेगेड्स घरेलु टोलीका रूपमा मैदान उत्रिनेछ ।
क्रिकेट अस्ट्रेलियाका अनुसार बिग बास लिगको इतिहासमा पहिलो पटक प्रतियोगिताको खेल अस्ट्रेलियाबाहिर आयोजना हुन लागेको हो । विश्वकै ठूलो क्रिकेट बजार मानिने भारतमा प्रतियोगिताको पहुँच विस्तार गर्दै बिग बास लिगलाई अन्तर्राष्ट्रिय स्तरमा थप लोकप्रिय बनाउने उद्देश्यले यो निर्णय गरिएको जनाइएको छ ।
उक्त खेल अस्ट्रेलियामा च्यानल सेभेन, सेभेन प्लस, कायो स्पोर्ट्स र फक्स क्रिकेटमार्फत प्रत्यक्ष प्रसारण हुनेछ भने भारतमा जियोस्टारले प्रत्यक्ष प्रसारण गर्ने बताइएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
नेपालमा विपद् तयारी केन्द्रको उपकेन्द्र स्थापना गर्न सम्झौता
-
मुख्यमन्त्री नियुक्तिको मुद्धा अदालतमा रहेकाले प्रदेशसभा बैठक स्थगित गर्न कांग्रेसको माग
-
बागमतीका मुख्यमन्त्री थापाको नियुक्तिविरुद्धको रिटमा कारण देखाउ आदेश
-
परराष्ट्रमन्त्री खनाल र सचिव राईबीच कार्यसम्पादन सम्झौता
-
बेलायतका प्रधानमन्त्री बर्नहम किभमा, युक्रेनलाई स्टोर्म स्याडो क्षेप्यास्त्र निर्माणको गोप्य प्रविधि दिदै
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।