सभामुख अर्याल र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता
२५ आषाढ़, २०८३, बिहिवार
- उनले संसदीय कूटनीतिले दुवै देशका सांसदबीच अनुभव आदानप्रदान, आपसी समझदारी र सहकार्यलाई नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गर्दै भारतको डिजिटल संसदीय प्रणाली र प्रविधिमैत्री अभ्यासबाट नेपालले पनि लाभ लिन चाहेको बताए ।
काठमाडौँ: प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले बुधबार शिष्टाचार भेटवार्ता गरेका छन् । भेटमा नेपाल-भारत सम्बन्ध, संसदीय कूटनीति तथा द्विपक्षीय सहकार्य विस्तारका विषयमा छलफल भएको हो ।
भेटका क्रममा सभामुख अर्यालले हालै सम्पन्न निर्वाचनमा भारत सरकारले उपलब्ध गराएको सहयोगप्रति आभार व्यक्त गर्दै नेपाल-भारत सम्बन्ध साझा इतिहास, संस्कृति, भौगोलिक निकटता र जनस्तरको सम्बन्धमा आधारित रहेको बताए । उनले व्यापार, ऊर्जा, सुरक्षा, नागरिक उड्डयन, जलस्रोत तथा कनेक्टिभिटीका क्षेत्रमा सहकार्य अझ सुदृढ हुँदै गएको उल्लेख गरे ।
सभामुख अर्यालले थप हवाई, रेल तथा बस सेवा विस्तारले दुई देशबीचको आवतजावत र आर्थिक सम्बन्धलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरे । साथै, भारतीय लोकसभाका सभामुख ओम बिरलालाई नेपाल भ्रमणको निमन्त्रणा दिइएको जानकारी दिँदै उपयुक्त समयमा स्वागत गर्न नेपाल तयार रहेको बताए ।
उनले संसदीय कूटनीतिले दुवै देशका सांसदबीच अनुभव आदानप्रदान, आपसी समझदारी र सहकार्यलाई नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गर्दै भारतको डिजिटल संसदीय प्रणाली र प्रविधिमैत्री अभ्यासबाट नेपालले पनि लाभ लिन चाहेको बताए ।
राजदूत श्रीवास्तवले भारतीय लोकसभाका सभामुख ओम बिरला नेपाल भ्रमणका लागि इच्छुक रहेको जानकारी दिँदै नेपाली सभामुख तथा सांसदहरूलाई भारतको संसदीय अभ्यास अध्ययनका लागि भ्रमणको निमन्त्रणा दिए । उनले व्यापार, कनेक्टिभिटी, ऊर्जा, शिक्षा र जनस्तरको सम्बन्ध विस्तारमा भारत सरकार निरन्तर सहकार्य गर्न प्रतिबद्ध रहेको बताए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा छ- शिक्षामन्त्री पोखरेल
-
थाइल्यान्डबाट ल्याएको ८ किलो गाँजासहित म्यान्मारका दुई नागरिक पक्राउ
-
३५ बर्षको हिसाब माग्ने होइन, आउदो ३५ बर्षको योजना बनाउनुस्- रवि लामिछाने
-
कम्युनिष्ट आन्दोलनको पुनर्गठन गर्नुपर्छ- प्रचण्ड
-
साउनमा वैदेशिक व्यापारमा सुधार, निर्यात ६१ प्रतिशतले बढ्यो
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।