- सरकारले कसैको कुरा नसुन्ने बताउदै देशमा कतैपनि खुशी हुने ठाउ नभएको टिप्पणी गरे । उनले भने- 'नेपालमा अहिले खुसी हुनका लागि त अन्तर्राष्ट्रिय फुटबल गेम चलिराखेको छ, राति अबेरसम्म त्यो हेरेर बस्नुपर्छ । एकछिन खुसी हुने हो, नत्र खुसी हुने कतै ठाउँ छैन ।'
काठमाडौं: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको १०० दिनको बारेमा टिप्पणी गर्दै सरकार होस हवासमा नरहेको बताएका छन् ।
बिहीबार एमाले पार्टी कार्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले सरकार फाँसीवादतर्फ हिडिरहेको टिप्पणी गर्दै लोकतन्त्र संकटमा परेको टिप्पणी गरेका हुन् ।
ओलीले सुकुम्बासी बस्तीमा डोजर चलाइएको, बालबालिका रोएको तथा विस्थापनका तस्बिरहरू सञ्चारमाध्यममै देखिएको भन्दै सरकारको कार्यशैली अधिनायकवादी भएको बताए ।
सरकारले कसैको कुरा नसुन्ने बताउदै देशमा कतैपनि खुशी हुने ठाउ नभएको टिप्पणी गरे । उनले भने- 'नेपालमा अहिले खुसी हुनका लागि त अन्तर्राष्ट्रिय फुटबल गेम चलिराखेको छ, राति अबेरसम्म त्यो हेरेर बस्नुपर्छ । एकछिन खुसी हुने हो, नत्र खुसी हुने कतै ठाउँ छैन ।'
ओलीले उम्लिएको दूध जस्तो सरकारको व्यबहार रहेको बताउदै सरकारको खुट्टा भुइमा नरहेको बताए । उनले भने- ‘अहिले यो सरकार कहाँ ठेगानमा छ ? यसका खुट्टा कहाँ भुइँमा छन् ? उम्लिएका छन् । दूध भाँडाको पिँधमा छैन, भाँडा भरि भएको छ, थोरै भए पनि उम्लिएको छ ।'
देशको अवस्था राम्रो नभएको बताउदै ओलीले त्यो काम एमालेले गर्ने बताए । ओलीले पार्टीको अवस्था प्रति धारणा राख्दै एमाले समाप्त नभएको र अगाडी बढ्ने र सफल हुने दाबि गरे ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
आजको राशिफल: वि.सं. २०८३ असोज २२ गते विहिबार
-
महाधिवेशनमा देउवाको अनुपस्थिति नमिठो लागेको छ- गगन थापा
-
देशलाई युक्रेन बनाउने दिशातर्फ डोर्याउन खोजियो- आङ्देम्बे
-
इरान युद्धमा अमेरिकाले ८१ सैन्य विमान र ड्रोन गुमायो, ३.३ अर्ब डलरभन्दा बढीको क्षति
-
राष्ट्रपति पौडेलसमक्ष थारू र राष्ट्रिय दलित आयोगका वार्षिक प्रतिवेदन पेस
धेरै पढिएको
विशेष
बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?
बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।