राहदानी विभाग अगाडि आत्मदाह प्रयास गर्नेको परिचय खुल्यो, वीर अस्पतालमा उपचार हुदै

२५ आषाढ़, २०८३, बिहिवार
सारांश
  • आत्मदाह प्रयास गर्ने व्यक्ति भक्तपुर बस्ने मुगुका २५ वर्षीय गणेश नेपाली भएको हुन् । प्रहरीले उनको उद्धार गरेर वीर अस्पतालमा उपचार भइरहेको जानकारी दिएको छ । उनले आफ्नो शरीरमा पेट्रोल छर्केर आगो लगाएको प्रत्यक्षदर्शीले बताएका छन् ।

काठमाडौँ: त्रिपुरेश्वरस्थित राहदानी विभागको कार्यालय अगाडि आत्मदाह प्रयास गर्ने व्यक्तिको परिचय खुलेको छ ।

 

आत्मदाह प्रयास गर्ने व्यक्ति भक्तपुर बस्ने मुगुका २५ वर्षीय गणेश नेपाली भएको हुन् । प्रहरीले उनको उद्धार गरेर वीर अस्पतालमा उपचार भइरहेको जानकारी दिएको छ । उनले आफ्नो शरीरमा पेट्रोल छर्केर आगो लगाएको प्रत्यक्षदर्शीले बताएका छन् ।

 

उनी हाल बोल्न सक्ने अवस्थामा रहेको र उपचार जारी रहेको प्रहरीले जानकारी दिएको छ ।

 

उनले आफ्नो मोटरसाइकलमा काठमाडौँ नगर प्रहरीले ह्वील लक लगाइदिएपछि आत्मदाह प्रयास गरेको बुझिएको छ । नेपालीले राहदानी विभागको ३ नम्बर गेटमा पार्किङ गरेको भेटिएपछि नगर प्रहरीले ह्वील लक लगाएका थिए ।

 

 


 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?

बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।

थप समाचार