नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी नियुक्ति लिएका शिक्षकविरुद्ध मुद्दा दायर
२४ आषाढ़, २०८३, बुधवार
- ती नक्कली प्रमाणपत्रका आधारमा उनले माध्यमिक तह, तृतीय श्रेणी शिक्षक पदमा नियुक्ति लिई सरकारी ओहदा, तलब, भत्ता तथा अन्य सुविधा प्राप्त गरेको अनुसन्धानबाट देखिएको आयोगको भनाइ छ ।
काठमाडौँ: नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी शिक्षक पदमा नियुक्ति लिएको आरोपमा सिरहाका एक शिक्षकविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार सिरहाको धनगढीमाई नगरपालिकास्थित जनता माध्यमिक विद्यालय, बेतहा भवानीपुर मा माध्यमिक तह तृतीय श्रेणीका शिक्षकका रूपमा कार्यरत गुञ्जेश्वर मण्डलले पेस गरेका उच्च शिक्षा र स्नातक तहका शैक्षिक प्रमाणपत्र नक्कली रहेको उजुरीपछि अनुसन्धान गरिएको थियो ।
अनुसन्धानका क्रममा मण्डलले शिक्षक नियुक्तिका बेला भारतस्थित बिहार इन्टरमिडियट एजुकेसन काउन्सिल, पटनाबाट विज्ञान विषयमा उच्च माध्यमिक तह (आई.एस्सी.) तथा चौधरी चरण सिंह विश्वविद्यालय, मेरठबाट विज्ञान विषयमा स्नातक तह उत्तीर्ण गरेको भन्दै झुट्टा शैक्षिक प्रमाणपत्र पेस गरेको खुलेको अख्तियारले जनाएको छ ।
ती नक्कली प्रमाणपत्रका आधारमा उनले माध्यमिक तह, तृतीय श्रेणी शिक्षक पदमा नियुक्ति लिई सरकारी ओहदा, तलब, भत्ता तथा अन्य सुविधा प्राप्त गरेको अनुसन्धानबाट देखिएको आयोगको भनाइ छ ।
उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर भएकाले सोही व्यवस्थाअनुसार कैद र जरिवानाको माग गर्दै अख्तियारले बुधबार विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको जनाएको छ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।