साना नदीमा आकस्मिक बाढीको मध्यम जोखिम, २५ जिल्लामा सतर्कता अपनाउन आग्रह
२०८३ अषाढ़ २३ मङ्गलवार
- जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले देशका अधिकांश ठूला नदीको बहाव हाल सतर्कता तहभन्दा तल रहेको जनाएको छ ।
काठमाण्डौ, २३ अषाढ़ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले देशका अधिकांश ठूला नदीको बहाव हाल सतर्कता तहभन्दा तल रहेको जनाएको छ ।
आज बिहानको मापनअनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली तथा तिनका सहायक नदीहरूका साथै कन्काई, कमला, बबई, पूर्वी र पश्चिम राप्ती नदीको बहाव सामान्य अवस्थामा रहेको महाशाखाले जनाएको हो ।
यद्यपि, आज इलाम, झापा, तेह्रथुम, पाँचथर, धनकुटा, सप्तरी, सुनसरी, मोरङ, कास्की, स्याङ्जा, तनहुँ, ललितपुर, रोल्पा, सल्यान, रुकुम पश्चिम, जाजरकोट, दैलेख, सुर्खेत, डोटी, अछाम, डडेल्धुरा, बैतडी, कैलाली, कञ्चनपुर तथा आसपासका क्षेत्रमा बग्ने साना नदी र खोलाहरूको बहाव उल्लेख्य रूपमा बढ्न सक्ने महाशाखाले जनाएको छ ।
ती क्षेत्रमा आकस्मिक बाढीको मध्यम जोखिम रहेकाले नदी तटीय क्षेत्रका बासिन्दा तथा यात्रुलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ ।
त्यसैगरी, असार २४ र २५ गते सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र बागमती प्रदेशका साना नदी तथा खोलाहरूमा वर्षाका कारण बहाव एक्कासि बढ्न सक्ने पूर्वानुमान गरिएको छ । महाशाखाले ती क्षेत्रमा बाढीको सम्भावनालाई ध्यानमा राख्दै आवश्यक सावधानी अपनाउन सबैमा अनुरोध गरेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।