सामूहिक जबरजस्ती करणीमा संलग्न पाँच जना रौतहटबाट पक्राउ

२३ आषाढ़, २०८३, मगलवार
सारांश
  • घटनामा संलग्न रहेको आरोपमा पक्राउ पर्नेहरूमा रौतहटको गौर नगरपालिका २ बस्ने २५ वर्षीय सन्तोष राउत, भारतको मजफरपुर जिल्ला कल्याणी पंचायत २४ बस्ने ३३ वर्षीय मो. ताजुदिन, मजफरपुर जिल्ला मैरोवन पंचायत २ बस्ने ३७ वर्षीय जितेन्द्र कुमार, मजफरपुर जिल्ला बकटपुर पंचायत १ बस्ने ३८ वर्षीय हसनैन आलम तथा मजफरपुर जिल्ला क्रममा पंचायत ४ बस्ने ३४ वर्षीय आलोक कुमार रहेका छन् ।

रौतहट: रौतहटको गौर नगरपालिका २ स्थित एक होटलमा भएको जबरजस्ती करणी तथा जबरजस्ती करणी उद्योग घटनामा संलग्न पाँच जनालाई पक्राउ गरिएको छ ।

 

पीडितको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो । घटनामा संलग्न रहेको आरोपमा पक्राउ पर्नेहरूमा रौतहटको गौर नगरपालिका २ बस्ने २५ वर्षीय सन्तोष राउत, भारतको मजफरपुर जिल्ला कल्याणी पंचायत २४ बस्ने ३३ वर्षीय मो. ताजुदिन, मजफरपुर जिल्ला मैरोवन पंचायत २ बस्ने ३७ वर्षीय जितेन्द्र कुमार, मजफरपुर जिल्ला बकटपुर पंचायत १ बस्ने ३८ वर्षीय हसनैन आलम तथा मजफरपुर जिल्ला क्रममा पंचायत ४ बस्ने ३४ वर्षीय आलोक कुमार रहेका छन् । प्रहरीले घटनासम्बन्धी आवश्यक अनुसन्धान भइरहेको जानकारी दिएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?

बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।

थप समाचार