ट्रकमा फल्स बटम बनाई लुकाई ल्याएको गाँजासहित दुई जना नियन्त्रणमा
२१ आषाढ़, २०८३, आइतवार
- नियन्त्रणमा लिएकाहरुमा मकवानपुर जिल्लाको कैलाश गॉऊपालिका- १ बस्ने २३ बर्षिय साधुराम थिङ र सोही गॉऊपालिका(६ बस्ने २१ बर्षिय विपस नेगी रहेकाछन् ।
महोत्तरी । महोत्तरीको एकडारा गॉऊपालिका-३ स्थित अजमरपट्टीबाट सशस्त्र प्रहरीले गाँजा जस्तो देखिने बस्तुसहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।
नियन्त्रणमा लिएकाहरुमा मकवानपुर जिल्लाको कैलाश गॉऊपालिका- १ बस्ने २३ बर्षिय साधुराम थिङ र सोही गॉऊपालिका(६ बस्ने २१ बर्षिय विपस नेगी रहेकाछन् ।
उनीहरूलाई विशेष सूचनाको आधारमा सशस्त्रको नेपाल बोर्डर आउट पोष्ट बथनाहबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिईएका उनीहरू सो ट्रकको मालिक तथा चालक रहेका छन ।उक्त टोलीले धनकुटाको भेडेटारबाट महोत्तरीको जलेश्वर हुँदै पश्चिमको एकडारातर्फ जाँदै गरेको ना ३ ख ६५९२ नम्वरको ट्रकलाई रोक्न खोज्दा नरोकी तिव्र गतिमा भागेको थियो । फरार सो ट्रकलाई सशस्त्र प्रहरीले करिब २ किलोमिटर टाढाबाट नियन्त्रणमा लिएको हो ।
सो गाडीलाई नियन्त्रणमा लिएपछि सशस्त्रको टोलीले सोधपुछ गर्दा चालकको व्यवहार शंकास्पद देखेपछि ट्रकमा चेकजाँच गर्दा चालक बस्ने क्याविनको माथिपट्टी फल्स बटन बनाई लुकाई छिपाई राखिएको ३ बन्डल गाँजा जस्तो देखिने वस्तु फेला पारेको हो । साथै उनीहरुको साथबाट नेपाली रूपैयाँ, कतारी रियाल, मलेसियन रिङगेट, मोवाईल थान २ थान तथा ट्रक र मोटरसाईकलको ब्लुबुक समेत फेला परेको छ ।
नियन्त्रणमा लिईएका दुबैजनालाई आवश्यक कारवाहीको लागि उक्त ट्रक तथा सामानसहित सम्बन्धित निकायमा बुझाएको सशस्त्रले जनाएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
यस्तो छ जितिया पर्वको पौराणिक प्रसङ्ग
तिथिको समयमा हेरफेर भएको अवस्थामा वर्तालुलाई ३६ घण्टासम्म उपवासमा बस्नुपर्ने हुन्छ । उपवासको अवधिमा थुक पनि निल्न नहुने मान्यता छ । तर, यसपल्ट उपवासको अवधि सोमबार बिहान ३ बजेदेखि शुरु भई बुधबार बिहान ८ बजेसम्म अर्थात करीब २९ घण्टा रहेको छ ।