- ह्वाइट हाउसका अनुसार राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रका नाममा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । त्यसपछि राजधानी वासिङ्टन डिसीमा देशकै इतिहासको सबैभन्दा ठूलो आतसबाजी प्रदर्शन गरिने तयारी गरिएको छ ।
काठमाडौँ । अमेरिकाले आज स्वतन्त्रताको २५०औँ वर्षको उत्सव भव्य रूपमा मनाइरहेको छ । फिलाडेल्फिया, न्युयोर्क, वासिङ्टन डिसी लगायत सबै ५० राज्यमा परेड, ऐतिहासिक कार्यक्रम तथा सांगीतिक प्रस्तुति आयोजना गरिएको छ ।
ह्वाइट हाउसका अनुसार राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रका नाममा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । त्यसपछि राजधानी वासिङ्टन डिसीमा देशकै इतिहासको सबैभन्दा ठूलो आतसबाजी प्रदर्शन गरिने तयारी गरिएको छ ।
अत्यधिक गर्मी र खराब मौसमको पूर्वानुमानका बाबजुद ठूलो संख्यामा नागरिक विभिन्न समारोहमा सहभागी भइरहेका छन् । फिलाडेल्फियामा स्थानीय समयअनुसार दिउँसो १२ बजे घण्टी बजाएर विशेष कार्यक्रमको सुरुआत गरिएको थियो । इन्डिपेन्डेन्स मलमा अमेरिकी स्वतन्त्रता सङ्ग्रामसँग सम्बन्धित दृश्य तथा प्रस्तुति प्रदर्शन गरिएको छ ।
सन् १७७६ को जुलाई ४ मा उत्तर अमेरिकाका १३ वटा बेलायती उपनिवेशले स्वतन्त्रताको घोषणापत्र जारी गर्दै बेलायतबाट अलग हुने निर्णय गरेका थिए । सोही ऐतिहासिक दिनको सम्झनामा यस वर्षको विशेष उत्सवलाई ‘अमेरिका २५०’ नाम दिइएको छ ।
राष्ट्रपति ट्रम्पले खराब मौसमले समारोह प्रभावित नपार्ने बताएका छन्। सामाजिक सञ्जालमार्फत उनले भाषण राति ढिलो भए पनि आफू समारोहमा अनिवार्य रूपमा सहभागी हुने उल्लेख गर्दै वर्षाले अमेरिकाको २५०औँ उत्सव रोक्न नसक्ने बताएका छन् ।
यता मौसम विभागले वासिङ्टन डिसीमा भारी वर्षा, हावाहुरी र चट्याङको चेतावनी जारी गरेको छ। त्यसका कारण केही कार्यक्रमको समय र स्वरूप परिवर्तन गरिएको भए पनि ह्वाइट हाउसले राष्ट्रपति ट्रम्प पूर्वनिर्धारित कार्यक्रमअनुसार समारोहमा सहभागी हुने र आतसबाजी पनि सम्भव भएसम्म तय गरिएको समयमै आयोजना गर्ने जनाएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन वितरण व्यवस्थित बनाउन निर्देशन
-
राष्ट्रपति पौडेलसँग युरोपेली संघका राजदूत लरेन्जोको बिदाइ भेट
-
जय नेपाल पार्टीले अघि सार्यो सनातन धर्म, संवैधानिक राजसंस्था र प्रजातन्त्रको एजेन्डा
-
इन्भेष्टमेन्ट मेगा बैंक प्रकरणमा बैंकिङ निर्णय र आपराधिक कार्यबीच भिन्नता छुट्याउन सिबिफिनको माग
-
रुसी आक्रमणमा किभमा १३ जनाको मृत्यु
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।