इच्छाकामनाका प्रमुख प्रशासकीय अधिकृतलाई कुटपिट गर्ने दुई जना पक्राउ

२०८३ अषाढ़ १९ शुक्रवार
सारांश
  • चितवनको इच्छाकामना गाउँपालिका ४ कुरिनटारस्थित इच्छाकामना गाउँपालिकाको कार्यालयमा प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतमाथि कुटपिट भएको घटनामा दुई जनालाई पक्राउ गरिएको छ ।

चितवन, १९ अषाढ़ । चितवनको इच्छाकामना गाउँपालिका ४ कुरिनटारस्थित इच्छाकामना गाउँपालिकाको कार्यालयमा प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतमाथि कुटपिट भएको घटनामा दुई जनालाई पक्राउ गरिएको छ ।

 

बिहिवार बिहान करिब १०: ३० बजे ठेक्कापट्टा सम्बन्धी विषयमा प्रमुख प्रशासकीय अधिकृत बस्नेतको कार्यकक्षमा छलफल भइरहेका बेला खगेडी खोलाको ठेक्का लिएका मुख्य ठेकेदार लालबहादुर गोलेसँग आएका उनीहरुले वादविवाद गर्दै कुटपिट गरेका थिए ।

 

कुटपिटमा संलग्न व्यक्तिहरू प्रदेश ३-०१-०२३ च ८४६० नम्बरको स्कार्पियोमा फरार रहेको र खोजतलासका क्रममा इलाका प्रहरी कार्यालय गजुरी, धादिङले उक्त स्कार्पियोसहित चालक जिल्ला बारा जितपुरसिमरा उपमहानगरपालिका १८ बस्ने ३७ वर्षीय वीरबहादुर मोक्तान (आकाश लामा) र जिल्ला चितवन भरतपुर महानगरपालिका १८ बस्ने २७ वर्षीय ईश्वर पाण्डे (अटल)लाई नियन्त्रणमा लिएको छ । घटनाको बिषयमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

एआईको अत्यधिक प्रयोगले सोच्ने, बुझ्ने र तर्क गर्ने क्षमतामा असर

एआईले केही सेकेन्डमै जटिल प्रश्नको उत्तर र समस्याको समाधान दिन थालेपछि विशेषगरी विद्यार्थीमा आफ्नै दिमाग लगाएर सोच्ने तथा विश्लेषण गर्ने अभ्यास घट्दै गएको उनीहरूको निष्कर्ष छ ।

थप समाचार