- कालिगण्डकी गाउँपालिकामा वडा नं. १ हर्मिचौरमा नीलकण्ठ पाण्डेको पसल, कालिगण्डकी गाउँपालिकामा वडा नं. २ अर्बेनीमा कमलप्रसाद न्यौपाने र उमापति न्यौपानेका किराना पसल तथा कालिगण्डकी गाउँपालिकामा वडा नं. ४ मा निरमाया बुढाले सञ्चालन गरेको स्टेशनरी पसल अगाडि मल बिक्री गरिएको पाइएको प्रहरीले जनाएको छ ।
काठमाडौँ: गुल्मीको कालिगण्डकी गाउँपालिकामा रासायनिक मल वितरणमा कालोबजारी भएको पाइएको छ ।
जिल्लामा रहेको नव प्रगतिशील कृषि सहकारी संस्थाका सचिव प्रेम नारायण पाण्डेले सरकारको अनुदान रासायनिक मल सहकारी मार्फत नभई निजी पसल मार्फत बढी मूल्यमा बिक्रि गरेको पाइएको छ ।
रासायनिक मल वितरणमा हुने अनियमितता रोक्न सञ्चालनमा ल्याएको गुनासो हटलाइन नम्बरमा प्राप्त सूचनाका आधारमा स्थानीय प्रशासनले छापा मार्दा रासायनिक मल वितरणमा अनियमितता भएको फेला परेको हो । कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले जारी गर्नुभएको रासायनिक मल गुनासो हाटलाइन ९७०००९९११३ नम्बरमा आएको गुनासोका आधारमा स्थानीय प्रशासानले छापा हान्दा मल बिक्रि वितरणमा अनियमिता गरेको जानकारी पाइएको हो ।
सहकारीले कृषि सामग्री कम्पनी लिमिटेड, भैरहवाबाट असार १५ गते भएको सम्झौताअनुसार ५३५ बोरा युरिया र १७१ बोरा डीएपी मल ल्याउनुपर्ने थियो । हालसम्म ६०१ बोरा मल लगिसकेको र १०५ बोरा युरिया आउन बाँकी रहेको दाबी थियो । तर, सहकारीमार्फत वितरण गर्नुपर्ने उक्त मल सहकारीको कार्यालयबाट नभई निजी पसलमा राखेर बिक्री गरिरहेको पाइएको थियो ।
कालिगण्डकी गाउँपालिकामा वडा नं. १ हर्मिचौरमा नीलकण्ठ पाण्डेको पसल, कालिगण्डकी गाउँपालिकामा वडा नं. २ अर्बेनीमा कमलप्रसाद न्यौपाने र उमापति न्यौपानेका किराना पसल तथा कालिगण्डकी गाउँपालिकामा वडा नं. ४ मा निरमाया बुढाले सञ्चालन गरेको स्टेशनरी पसल अगाडि मल बिक्री गरिएको पाइएको प्रहरीले जनाएको छ ।
यसका साथै, मल बिक्री गर्दा उपभोक्तालाई रसिद नदिएको तथा खरिदकर्ताको अभिलेखसमेत नराखेको पाइएको छ । यसबारे थप छानबिन भैरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
रास्वपाले आफ्ना सांसदहरूलाई डिजिटल प्लेटफर्म बारे अभिमुखीकरण गर्ने
-
एन्फामा अब राजनीतिक हस्तक्षेप हुन दिदैनौं, फुटबलमा योगदान दिएको व्यक्तिले नेतृत्व गर्नुपर्छ- मन्त्री पोखरेल
-
विष्णु पौडेल पक्राउविरुद्धको बन्दीप्रत्यक्षीकरण रिट खारेज
-
जुन महिनामा ९१ हजार विदेशी पर्यटक नेपाल आए
-
भारतीय प्रधानमन्त्री मोदी र जापानी समकक्षी ताकाइचीबीच शिखर भेटवार्ता, के के भयो सम्झौता ?
धेरै पढिएको
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।