जुन महिनामा ९१ हजार विदेशी पर्यटक नेपाल आए

१८ आषाढ़, २०८३, बिहिवार
सारांश
  • जुन महिनामा नेपाल आउने विदेशी पर्यटकमा सबै भन्दा बढी भारतबाट नेपाल आएका छन् । भारतबाट जुनमा ४१ हजार ८०९ जना अर्थात ४५.७६ प्रतिशत पर्यटक नेपाल आएका छन् । त्यस्तै जुनमा अमेरिकाबाट दोस्रो धेरै ११ हजार ८३६ पर्यटक नेपाल आएको बोर्डले जानकारी दिएको छ ।

काठमाडौँ: नेपालमा जुन महिनामा विदेशी पर्यटकको अगामन ९१ हजार रहेको छ । गत बर्षको जुनमा नेपाल आउने विदेशी पर्यटकको संख्या ७६ हजार ४२५ रहेकोमा यस बर्षको जुन महिनामा ९१ हजार ३६३ विदेशी पर्यटक नेपाल आएको नेपाल पर्यटन बोर्डले जानकारी दिएको छ ।

 

यस बर्षको जुनमा कुल ९१ हजार ३६३ विदेशी पर्यटक आएका छन् । कोभिड शुरु हुनु अघि २०१९ को जुनमा यो संख्या ७४ हजार ८८३ रहेको थियो । 

 

जुन महिनामा नेपाल आउने विदेशी पर्यटकमा सबै भन्दा बढी भारतबाट नेपाल आएका छन् । भारतबाट जुनमा ४१ हजार ८०९ जना अर्थात ४५.७६ प्रतिशत पर्यटक नेपाल आएका छन् । त्यस्तै जुनमा अमेरिकाबाट दोस्रो धेरै ११ हजार ८३६ पर्यटक नेपाल आएको बोर्डले जानकारी दिएको छ ।

 

त्यसैगरी चीनबाट ९ हजार ९९५, बंगलादेशबाट ४  हजार ३२२ जना, अस्ट्रेलियाबाट २  हजार ८९६ जना, बेलायतबाट २५ सय जना र मलेसियाबाट १५९८ पर्यटक जुन महिनामा नेपाल आएका छन् ।

 

पर्यटन बोर्डका अनुसार सार्क देशबाट कुल ४८ हजार २५४, एशियाका अन्य देशबाट १६ हजार १५२ जना, युरोपबाट ६ हजार ९५४ जना, अमेरिका क्षेत्रबाट १३ हजार ११९ जना, ओसिनियाबाट ३ हजार ९० जना जुन महिनामा नेपाल आएका छन् ।


 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

एआईको अत्यधिक प्रयोगले सोच्ने, बुझ्ने र तर्क गर्ने क्षमतामा असर

एआईले केही सेकेन्डमै जटिल प्रश्नको उत्तर र समस्याको समाधान दिन थालेपछि विशेषगरी विद्यार्थीमा आफ्नै दिमाग लगाएर सोच्ने तथा विश्लेषण गर्ने अभ्यास घट्दै गएको उनीहरूको निष्कर्ष छ ।

थप समाचार