इन्धनको मुल्यमा ठूलो कटौतीपछि निजी पेट्रोल पम्प बन्द
१७ आषाढ़, २०८३, बुधवार
- ठूलो कटौती गरिएको भन्दै निजी पेट्रोल पम्प सञ्चालकहरूले भने इन्धन बिक्री बन्द गरेका छन् । काठमाडौंको भद्रकालीस्थित नेपाली सेनाको पेट्रोल पम्पमा पेट्रोल भर्न मोटरसाइकल, स्कुटर तथा अन्य सवारीसाधनको लामो लाइन देखिएको छ । त्यस्तै काठमाडौँ बाहिरका अधिकांश स्थानमा पनि निजी पेट्रोल पम्प बन्द गरिएको जानकारी प्राप्त भएको छ ।
काठमाडौं: नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटेर आएपछि आजदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मुल्य घटाएपछि काठमाडौँमा निजी पेट्रोल पम्प बन्द देखिएका छन् ।
बुधबार निजी पम्पले इन्धन वितरण गरेका छैनन् भने नेपाली सेना, प्रहरी र सशस्त्रका पम्पमा ठुलो लाइन देखिएको छ ।
ठूलो कटौती गरिएको भन्दै निजी पेट्रोल पम्प सञ्चालकहरूले भने इन्धन बिक्री बन्द गरेका छन् । काठमाडौंको भद्रकालीस्थित नेपाली सेनाको पेट्रोल पम्पमा पेट्रोल भर्न मोटरसाइकल, स्कुटर तथा अन्य सवारीसाधनको लामो लाइन देखिएको छ । त्यस्तै काठमाडौँ बाहिरका अधिकांश स्थानमा पनि निजी पेट्रोल पम्प बन्द गरिएको जानकारी प्राप्त भएको छ ।
निगमले आजदेखि लागु हुने गरि पेट्रोल, डिजेल-मट्टितेल, खाना पकाउने ग्यास तथा हवाई इन्धनको मूल्य घटाएको थियो ।
नयाँ मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ, डिजेल-मट्टितेलमा प्रतिलिटर ३० रुपैयाँ तथा खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर १०० रुपैयाँले मूल्य घटाइएको छ । मूल्य समायोजनपछि काठमाडौं उपत्यकामा पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर १९७ रुपैयाँ र डिजेल-मट्टितेलको प्रतिलिटर १९५ रुपैयाँ कायम भएको छ। एलपी ग्यासको आधा सिलिन्डरको मूल्य १०३० रुपैयाँ तथा पूरा सिलिन्डरको मूल्य २०६० रुपैयाँ निर्धारण गरिएको छ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
काठमाडौँमा आज ६ हजार ८०२ सिलिन्डर ग्यास बिक्री, भोलि सात स्थानबाट वितरण हुने
-
कांग्रेस संस्थापन इतर समुहको राष्ट्रिय भेला: बन्द सत्रमा प्रस्तुत प्रतिवेदनमा के छ ?
-
अर्बपति बेजोसले किने लिभरपुल फुटबल क्लब
-
इन्डोनेसिया भूकम्प: दर्जनौं पराकम्पन, १४ जनाको मृत्यु
-
विशेष महाधिवेशनको पक्षमा थिइनँ, अदालतले न्याय दिनेछ : देउवा
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।