गुल्मीमा रासायनिक मल वितरणमा कालोबजारी

१८ आषाढ़, २०८३, बिहिवार
सारांश
  • कालिगण्डकी गाउँपालिकामा वडा नं. १ हर्मिचौरमा नीलकण्ठ पाण्डेको पसल, कालिगण्डकी गाउँपालिकामा वडा नं. २ अर्बेनीमा कमलप्रसाद न्यौपाने र उमापति न्यौपानेका किराना पसल तथा कालिगण्डकी गाउँपालिकामा वडा नं. ४ मा निरमाया बुढाले सञ्चालन गरेको स्टेशनरी पसल अगाडि मल बिक्री गरिएको पाइएको प्रहरीले जनाएको छ ।

काठमाडौँ: गुल्मीको कालिगण्डकी गाउँपालिकामा रासायनिक मल वितरणमा कालोबजारी भएको पाइएको छ ।

 

जिल्लामा रहेको नव प्रगतिशील कृषि सहकारी संस्थाका सचिव प्रेम नारायण पाण्डेले सरकारको अनुदान रासायनिक मल सहकारी मार्फत नभई निजी पसल मार्फत बढी मूल्यमा बिक्रि गरेको पाइएको छ । 

 

रासायनिक मल वितरणमा हुने अनियमितता रोक्न सञ्चालनमा ल्याएको गुनासो हटलाइन नम्बरमा प्राप्त सूचनाका आधारमा स्थानीय प्रशासनले छापा मार्दा रासायनिक मल वितरणमा अनियमितता भएको फेला परेको हो । कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले जारी गर्नुभएको रासायनिक मल गुनासो हाटलाइन ९७०००९९११३ नम्बरमा आएको गुनासोका आधारमा स्थानीय प्रशासानले छापा हान्दा मल बिक्रि वितरणमा अनियमिता गरेको जानकारी पाइएको हो । 

 

सहकारीले कृषि सामग्री कम्पनी लिमिटेड, भैरहवाबाट असार १५ गते भएको सम्झौताअनुसार ५३५ बोरा युरिया र १७१ बोरा डीएपी मल ल्याउनुपर्ने थियो । हालसम्म ६०१ बोरा मल लगिसकेको र १०५ बोरा युरिया आउन बाँकी रहेको दाबी थियो । तर, सहकारीमार्फत वितरण गर्नुपर्ने उक्त मल सहकारीको कार्यालयबाट नभई निजी पसलमा राखेर बिक्री गरिरहेको पाइएको थियो । 

 

कालिगण्डकी गाउँपालिकामा वडा नं. १ हर्मिचौरमा नीलकण्ठ पाण्डेको पसल, कालिगण्डकी गाउँपालिकामा वडा नं. २ अर्बेनीमा कमलप्रसाद न्यौपाने र उमापति न्यौपानेका किराना पसल तथा कालिगण्डकी गाउँपालिकामा वडा नं. ४ मा निरमाया बुढाले सञ्चालन गरेको स्टेशनरी पसल अगाडि मल बिक्री गरिएको पाइएको प्रहरीले जनाएको छ । 

 

यसका साथै, मल बिक्री गर्दा उपभोक्तालाई रसिद नदिएको तथा खरिदकर्ताको अभिलेखसमेत नराखेको पाइएको छ । यसबारे थप छानबिन भैरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

एआईको अत्यधिक प्रयोगले सोच्ने, बुझ्ने र तर्क गर्ने क्षमतामा असर

एआईले केही सेकेन्डमै जटिल प्रश्नको उत्तर र समस्याको समाधान दिन थालेपछि विशेषगरी विद्यार्थीमा आफ्नै दिमाग लगाएर सोच्ने तथा विश्लेषण गर्ने अभ्यास घट्दै गएको उनीहरूको निष्कर्ष छ ।

थप समाचार