- विश्वकपमा मेक्सिको र इक्वेडरबीच यसअघि केवल एकपटक भेट भएको थियो । सन् २००२ को समूह चरणमा मेक्सिकोले २-१ को जित निकालेको थियो । त्यसयता सबै प्रतियोगितामा भएका पछिल्ला तीन भेट बराबरीमा टुंगिएका छन्, जसले यसपटक पनि निकै प्रतिस्पर्धात्मक खेल हुने संकेत गरेको छ ।
काठमाडौं: जारी फिफा विश्वकप फुटबलको अन्तिम ३२ अन्तर्गत बुधबार बिहान हुने खेलमा सहआयोजक मेक्सिकोले इक्वेडरसँग प्रतिस्पर्धा गर्दै छ । प्रतिष्ठित एज्टेका रंगशालामा हुने यो खेल नेपाली समय अनुसार भोली बिहान ६: ४५ बजेदेखि शुरु हुदैछ ।
समूह ‘ए’ को विजेताका रूपमा नकआउट चरणमा पुगेको मेक्सिकोले दक्षिण अफ्रिका, दक्षिण कोरिया र चेक गणतन्त्रमाथि लगातार जित निकाल्दै कुनै पनि गोल नखाई अन्तिम ३२ मा स्थान बनाएको हो । पछिल्लो खेलमा उसले चेकियालाई ३-० ले पराजित गरेको थियो ।
चेक गणतन्त्रविरुद्ध मातेओ चाभेजले अग्रता दिलाएका थिए भने जुलियन किन्योनेसले दुई गोल गर्दै टोलीको जित सुनिश्चित गरेका थिए । किन्योनेस सन् २०१० मा हाभियर एर्नान्डेजपछि एकै विश्वकप संस्करणमा दुईभन्दा बढी गोल गर्ने पहिलो मेक्सिकन खेलाडी बनेका छन् । उनले इक्वेडरविरुद्ध पनि गोल गर्न सके सन् १९९८ मा लुइस एर्नान्डेजपछि एकै विश्वकपमा तीन खेलमा गोल गर्ने दोस्रो मेक्सिकन खेलाडी बन्नेछन् ।
सन् १९८६ मा विश्वकप आयोजना गरेयता पहिलो पटक मेक्सिकोले लगातार तीन विश्वकप खेलमा गोल नखाएको कीर्तिमान बनाएको छ । यद्यपि उसले अहिलेसम्म कुनै पनि विश्वकप संस्करणमा लगातार चार खेलसम्म आफ्नो पोस्ट जोगाउन सकेको छैन ।
घरेलु समर्थकमाझ मेक्सिकोको प्रदर्शन सधैं बलियो रहँदै आएको छ । विश्वकपमा घरेलु मैदानमा खेलेका १२ खेलमध्ये उसले केवल एक खेल मात्र हारेको छ । त्यो हार सन् १९७० को क्वार्टरफाइनलमा इटालीसँग ४-१ ले भएको थियो । घरेलु मैदानमा मेक्सिकोको जित प्रतिशत ६७ रहेको छ, जुन बाहिरको प्रदर्शनभन्दा निकै उत्कृष्ट मानिन्छ ।
यद्यपि नकआउट चरणमा भने मेक्सिकोको इतिहास उत्साहजनक छैन । कम्तीमा पाँच नकआउट खेल खेलेका टोलीमध्ये मेक्सिकोको जित प्रतिशत सबैभन्दा कमजोर रहेको छ । पछिल्ला १० नकआउट खेलमध्ये उसले केवल एक खेल जितेको छ भने सात खेलमा हार बेहोरेको छ । विश्वकपमा नौ पटक नकआउट चरण पुगेको मेक्सिको केवल एकपटक मात्र अर्को चरणमा प्रवेश गर्न सफल भएको थियो । त्यो सफलता सन् १९८६ मा एज्टेकामै बुल्गेरियालाई हराउँदा आएको थियो ।
उता, इक्वेडरले समूह चरणको अन्तिम खेलमा जर्मनीलाई २-१ ले पराजित गर्दै अन्तिम ३२ मा स्थान बनाएको थियो । खेलको दोस्रो मिनेटमै लेरोय सानेको गोलबाट पछि परेको इक्वेडरले निल्सन आङ्गुलोको गोलबाट बराबरी गरेको थियो । त्यसपछि गोन्जालो प्लाटाले निर्णायक गोल गर्दै टोलीलाई ऐतिहासिक जित दिलाएका थिए ।
समूह चरणका पहिलो दुई खेलमा गोल गर्न नसके पनि नकआउट चरणमा पुग्ने २१औँ शताब्दीको दोस्रो टोली बन्ने कीर्तिमान इक्वेडरले बनाएको हो । यसअघि सन् २०१४ मा ग्रीसले यस्तो उपलब्धि हासिल गरेको थियो ।
विश्वकपको नकआउट चरणमा इक्वेडरको यो दोस्रो सहभागिता हो । यसअघि सन् २००६ मा अन्तिम १६ मा पुगेको टोली इङ्ग्ल्यान्डसँग १-० ले पराजित भएको थियो ।
प्रशिक्षक सेबास्टियन बेक्काचेचेको टोली बल नभएको अवस्थामा आक्रामक दबाब सिर्जना गर्न सक्षम मानिन्छ । समूह चरणमा विपक्षीको क्षेत्रमा उच्च दबाब सिर्जना गर्ने टोलीमध्ये उरुग्वे र क्यानडापछि इक्वेडर तेस्रो स्थानमा रह्यो । उच्च दबाबकै माध्यमबाट बल फिर्ता जित्ने टोलीको सूचीमा पनि तुर्किएपछि इक्वेडर दोस्रो स्थानमा थियो ।
दुवै टोली पूर्ण क्षमतामा मैदान उत्रनेछन् । कुनै खेलाडी घाइते वा प्रतिबन्धमा छैनन्। मेक्सिकोका प्रशिक्षक हाभियर अगिरेले पछिल्लो खेलमा विश्राम दिएका अनुभवी फरवार्ड राउल हिमेनेजलाई पुनः सुरुआती रोजाइमा ल्याउने अपेक्षा गरिएको छ। गोलरक्षक राउल राङ्गेलले नै पहिलो रोजाइ कायम राख्ने सम्भावना छ ।
यस खेलको विजेताले अन्तिम १६ मा इङ्ग्ल्यान्ड वा कङ्गो लोकतान्त्रिक गणराज्यसँग एज्टेका रंगशालामै प्रतिस्पर्धा गर्नेछ ।
विश्वकपमा मेक्सिको र इक्वेडरबीच यसअघि केवल एकपटक भेट भएको थियो । सन् २००२ को समूह चरणमा मेक्सिकोले २-१ को जित निकालेको थियो । त्यसयता सबै प्रतियोगितामा भएका पछिल्ला तीन भेट बराबरीमा टुंगिएका छन्, जसले यसपटक पनि निकै प्रतिस्पर्धात्मक खेल हुने संकेत गरेको छ ।
यद्यपि विश्वकपमा दक्षिण अमेरिकी टोलीविरुद्ध मेक्सिकोको कीर्तिमान कमजोर छ । त्यस्ता १४ खेलमध्ये उसले केवल एक खेल जितेको छ, तीन बराबरी खेलेको छ भने १० खेलमा हार बेहोरेको छ । संयोगवश, त्यो एकमात्र जित पनि सन् २००२ मा इक्वेडरविरुद्ध नै आएको थियो ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
मनसुन शुरु भएसँगै मुग्लिन-नारायणगढ सडक र कालिगण्डकी करिडोरमा यान्त्रिक उपकरण तयारी अवस्थामा
-
अमेरिकी विशेष दुत कतारमा, वार्ता गर्न इरानले राख्यो यस्तो शर्त
-
विश्वकपमा भोली बिहान मोक्सिको र इक्वेडर भिड्दै
-
साउदी अरबले ३३ नेपाली कैदीबन्दीलाई दियो माफी, छिट्टै नेपाल फर्किदै
-
कान्तिलोकपथमा रातिको यात्रामा रोक
धेरै पढिएको
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।