पेनाल्टी सुटआउटमा नेदरल्याण्डसलाई पराजित गर्दै मोरक्को विश्वकपको अन्तिम १६ मा
२०८३ अषाढ़ १६ मङ्गलवार
- निर्धारित ९० मिनेट र अतिरिक्त समयमा दुवै टोलीले १-१ को बराबरी खेलेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको हो ।
काठमाण्डौ, १६ अषाढ़ । फिफा विश्वकप फुटबलको अन्तिम ३२ अन्तर्गत भएको रोमाञ्चक खेलमा मोरक्कोले नेदरल्यान्ड्सलाई पेनाल्टी सुटआउटमा ३-२ ले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएको छ ।
निर्धारित ९० मिनेट र अतिरिक्त समयमा दुवै टोलीले १-१ को बराबरी खेलेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको हो ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफको ७२औँ मिनेटमा कोडी गाक्पोले गोल गर्दै नेदरल्यान्ड्सलाई अग्रता दिलाएका थिए । खेल जिततर्फ उन्मुख देखिएको नेदरल्यान्ड्सले इन्जुरी समयको पहिलो मिनेटमा बराबरी गोल बेहोर्न पुग्यो । मोरक्कोका इसाले गोल गर्दै खेल १-१ को अवस्थामा पुर्याएका थिए । त्यसपछि ३० मिनेटको अतिरिक्त समयमा दुवै टोलीले केही राम्रो अवसर सिर्जना गरे पनि गोल निकाल्न सकेनन् । अन्ततः खेल पेनाल्टी सुटआउटमा पुगेको थियो ।
पेनाल्टी सुटआउटमा मोरक्कोले उत्कृष्ट प्रदर्शन गर्दै ३-२ को जित निकाल्यो । यससँगै नेदरल्यान्ड्स प्रतियोगिताबाट बाहिरिएको छ भने मोरक्कोले अन्तिम १६ मा आफ्नो स्थान सुरक्षित गरेको छ ।
यसअघि पनि अन्तिम ३२ चरणमा पाराग्वेले जर्मनीलाई पेनाल्टी सुटआउटमा हराउँदै अन्तिम १६ मा पुगेको थियो । त्यसपछि मोरक्कोले पनि अर्को युरोपेली शक्तिशाली टोली नेदरल्यान्ड्सलाई पराजित गर्दै विश्वकपमा अर्को ठूलो उलटफेर गरेको छ ।
समूह चरणमा नेदरल्यान्ड्स सात अंकसहित आफ्नो समूहको शीर्ष स्थानमा रहँदै नकआउट चरणमा पुगेको थियो । मोरक्कोले पनि सात अंक नै जोडेर आफ्नो समूहमा दोस्रो स्थान हासिल गर्दै अन्तिम ३२ मा स्थान बनाएको थियो । समूह चरणमा दुवै टोली अपराजित रहे पनि नकआउट चरणमा मोरक्कोले बाजी मार्दै आफ्नो विश्वकप यात्रा अघि बढाएको छ । अब अन्तिम १६ मा मोरक्कोले क्यानडाको सामना गर्ने छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
एनआरएनए अमेरिकाले परराष्ट्रमन्त्री खनाललाई बुझायो १७ बुँदे सुझाव
-
राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश
-
शिक्षामन्त्री पोखरेलसँग रसियाली राजदूत भ्लादिमेरोभिकको शिष्टाचार भेट
-
चोलेन्द्र पक्राउ प्रकरणमा मानव अधिकार आयोगले एसएसपीलाई बोलायो
-
नेप्सेमा दोहोरो अंकको गिरावट, ५ अर्ब ३८ करोडको कारोबार
धेरै पढिएको
विशेष
एआईको अत्यधिक प्रयोगले सोच्ने, बुझ्ने र तर्क गर्ने क्षमतामा असर
एआईले केही सेकेन्डमै जटिल प्रश्नको उत्तर र समस्याको समाधान दिन थालेपछि विशेषगरी विद्यार्थीमा आफ्नै दिमाग लगाएर सोच्ने तथा विश्लेषण गर्ने अभ्यास घट्दै गएको उनीहरूको निष्कर्ष छ ।