मनसुन शुरु भएसँगै मुग्लिन-नारायणगढ सडक र कालिगण्डकी करिडोरमा यान्त्रिक उपकरण तयारी अवस्थामा

१६ आषाढ़, २०८३, मगलवार
सारांश
  • डिभिजनका अनुसार निरन्तर वर्षासँगै पहिरो खस्ने सम्भावना बढेकाले सडक अवरुद्ध भएलगत्तै तत्काल पहिरो पन्छाएर सवारी आवागमन सहज बनाउन अपरेटरसहितका उपकरण परिचालनका लागि तयारी गरिएको हो ।

चितवन: वर्षायाममा पहिरोका कारण सडक अवरुद्ध हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै सडक डिभिजन भरतपुरले आफ्नो कार्यक्षेत्रभित्र पर्ने मुग्लिन-नारायणगढ सडकखण्ड र कालिगण्डकी करिडोरका विभिन्न स्थानमा यान्त्रिक उपकरण तयारी अवस्थामा राखेको जनाएको छ ।

 

डिभिजनका अनुसार निरन्तर वर्षासँगै पहिरो खस्ने सम्भावना बढेकाले सडक अवरुद्ध भएलगत्तै तत्काल पहिरो पन्छाएर सवारी आवागमन सहज बनाउन अपरेटरसहितका उपकरण परिचालनका लागि तयारी गरिएको हो ।

 

मुग्लिन क्याम्पमा एक वटा लोडर, सेती दोभान क्याम्पमा एक वटा उत्खनन यन्त्र, एक वटा लोडर र एक वटा पछाडि खन्ने लोडर राखिएको डिभिजन कार्यालयले जानकारी दिएको छ । त्यस्तै, सडक डिभिजन भरतपुर परिसरमा एक वटा पछाडि खन्ने लोडर तयारी अवस्थामा राखिएको छ भने कालिगण्डकी करिडोरमा पनि एक वटा लोडर तैनाथ गरिएको डिभिजनले जनाएको छ ।

 

सडक डिभिजनले वर्षायामभर सडक खुला राख्न आवश्यक जनशक्ति र उपकरण तयारी अवस्थामा राखिएको उल्लेख गर्दै यात्रु तथा सवारी चालकलाई मौसमको अवस्था हेरेर मात्र यात्रा गर्न आग्रह गरेको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

एआईको अत्यधिक प्रयोगले सोच्ने, बुझ्ने र तर्क गर्ने क्षमतामा असर

एआईले केही सेकेन्डमै जटिल प्रश्नको उत्तर र समस्याको समाधान दिन थालेपछि विशेषगरी विद्यार्थीमा आफ्नै दिमाग लगाएर सोच्ने तथा विश्लेषण गर्ने अभ्यास घट्दै गएको उनीहरूको निष्कर्ष छ ।

थप समाचार