- जापानले पहिलो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै ब्राजिललाई दबाबमा राखेको थियो । खेलको अग्रता पनि जापानले नै लिएको थियो ।
काठमाण्डौ, १६ अषाढ़ । गाब्रिएल मार्टिनेलीले इन्जुरी समयको पाँचौँ मिनेटमा निर्णायक गोल गरेपछि ब्राजिलले पुनरागमन जित निकाल्दै जारी विश्वकपमा जापानलाई २-१ ले पराजित गरेको छ । यससँगै पाँच पटकको विश्व विजेता ब्राजिल फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको छ । अब ब्राजिलले अन्तिम १६ मा नर्वे वा आइभोरी कोस्टमध्ये एक टोलीसँग प्रतिस्पर्धा गर्नेछ ।
खेलको निर्धारित समय सकिनै लाग्दा ब्राजिलले जापानको पेनाल्टी क्षेत्रनजिकै बल खोसेको थियो । ब्रुनो गिमाराइसले दिएको उत्कृष्ट पासलाई गाब्रिएल मार्टिनेलीले नियन्त्रण गर्दै पोस्टमा ठोक्काएर जाली चुमाएपछि ब्राजिलले रोमाञ्चक जित सुनिश्चित गर्यो ।
जापानले पहिलो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै ब्राजिललाई दबाबमा राखेको थियो । खेलको अग्रता पनि जापानले नै लिएको थियो । दानिलोको कमजोर पासलाई काइसु सानोले बीचमै खोसेर कासेमिरोलाई छक्याउँदै तल्लो कुनामा शानदार प्रहार गरेका थिए ।
पहिलो हाफमा लय समात्न नसकेको ब्राजिल दोस्रो हाफमा भने आक्रामक रूपमा फर्कियो । खेल पुनः सुरु भएको १० मिनेटपछि गाब्रिएलको पछाडिबाट आएको क्रसलाई कासेमिरोले शक्तिशाली हेडमार्फत गोल गर्दै खेल १-१ को बराबरीमा ल्याए ।
बराबरी गोलपछि ब्राजिलले लगातार आक्रमण गरिरह्यो । भिनिसियस जुनियरले एकल प्रयासमा दुई रक्षकलाई छल्दै गरेको आकर्षक प्रहार जापानी गोलरक्षक जियोन सुजुकीले पोस्टतर्फ फर्काएपछि ब्राजिल अग्रता लिनबाट वञ्चित भएको थियो ।
त्यसपछि जापानले खेलमा पुनः सन्तुलन कायम गरे पनि अन्तिम क्षणमा आओ तनाकाले आफ्नै पेनाल्टी क्षेत्रको छेउमा बल गुमाए । त्यसैको फाइदा उठाउँदै मार्टिनेलीले निर्णायक गोल गरेपछि जापानको उत्कृष्ट संघर्ष निराशामा टुंगियो र ब्राजिलले अन्तिम १६ को यात्रा तय गर्यो । यो हारसँगै जापानको विश्वकप यात्रा टुंगिएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
एनआरएनए अमेरिकाले परराष्ट्रमन्त्री खनाललाई बुझायो १७ बुँदे सुझाव
-
राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश
-
शिक्षामन्त्री पोखरेलसँग रसियाली राजदूत भ्लादिमेरोभिकको शिष्टाचार भेट
-
चोलेन्द्र पक्राउ प्रकरणमा मानव अधिकार आयोगले एसएसपीलाई बोलायो
-
नेप्सेमा दोहोरो अंकको गिरावट, ५ अर्ब ३८ करोडको कारोबार
धेरै पढिएको
विशेष
एआईको अत्यधिक प्रयोगले सोच्ने, बुझ्ने र तर्क गर्ने क्षमतामा असर
एआईले केही सेकेन्डमै जटिल प्रश्नको उत्तर र समस्याको समाधान दिन थालेपछि विशेषगरी विद्यार्थीमा आफ्नै दिमाग लगाएर सोच्ने तथा विश्लेषण गर्ने अभ्यास घट्दै गएको उनीहरूको निष्कर्ष छ ।