विश्वकपबाट जर्मनी बाहिरियो, पराग्वे अन्तिम १६ मा

२०८३ अषाढ़ १६ मङ्गलवार
सारांश
  • अब अन्तिम १६ मा पराग्वेको भिडन्त फ्रान्स र स्विडेनबीचको विजेतासँग हुने छ ।

काठमाण्डौ, १६ अषाढ़ । चार पटकको विश्व विजेता जर्मनी फिफा विश्वकप फुटबलबाट बाहिरिएको छ । अन्तिम ३२ को खेलमा पाराग्वेसँग अतिरिक्त समयसम्म १-१ को बराबरी भएपछि भएको पेनाल्टी सुटआउटमा ४-३ गोलले  पराजित हुँदै जर्मनीको विश्वकप यात्रा समाप्त भएको हो ।

 

रोमाञ्चक पेनाल्टी सुटआउटमा जर्मनीका काई हाभर्ट्स र निक वोल्टेमाडेको प्रहार पाराग्वेका गोलरक्षक ओरलान्डो गिलले रोकेका थिए । यद्यपि पाराग्वेले पनि सुरुआती अवसरको फाइदा उठाउन सकेन । एन्टोनियो सानाब्रियाको प्रहार पोस्टबाहिर गएको थियो भने फाबियान बाल्बुएनाको प्रहार ४० वर्षीय अनुभवी गोलरक्षक मानुएल नोयरले बचाएका थिए ।

 

सडन डेथमा जर्मनीका जोनाथन टाहको प्रहार बारमाथिबाट बाहिरिएपछि पाराग्वेका रक्षक होसे कानालेले निर्णायक गोल गर्दै टोलीलाई ४-३ को पेनाल्टी जित दिलाए ।

 

यस जितसँगै पाराग्वे विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको छ भने चार पटकको च्याम्पियन जर्मनी अप्रत्याशित रूपमा प्रतियोगिताबाट बाहिरिएको छ ।

 

अब अन्तिम १६ मा पराग्वेको भिडन्त फ्रान्स र स्विडेनबीचको विजेतासँग हुने छ ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

एआईको अत्यधिक प्रयोगले सोच्ने, बुझ्ने र तर्क गर्ने क्षमतामा असर

एआईले केही सेकेन्डमै जटिल प्रश्नको उत्तर र समस्याको समाधान दिन थालेपछि विशेषगरी विद्यार्थीमा आफ्नै दिमाग लगाएर सोच्ने तथा विश्लेषण गर्ने अभ्यास घट्दै गएको उनीहरूको निष्कर्ष छ ।

थप समाचार