राहदानी छपाई प्रकरण महानिर्देशकसहित पाँच जनालाई धरौटीमा छोड्न आदेश

१५ आषाढ़, २०८३, सोमवार
सारांश
  • विशेष अदालतले महानिर्देशक अर्यालसहित सूचना प्रविधि निर्देशक सुनिलकुमार केसी, सोमेश थापा, विपिन प्रसाईं र मणिन्द्रराज मल्ललाई धरौटीमा छोडेको छ भने तुलसीप्रसाद आचार्य र राजाराम दाहाललाई बिना धरौटी छोड्न आदेश दिएको छ।

काठमाडौँ: राहदानी छपाइको भ्रष्टाचार मुद्दामा आरोपी बनाइएका पाँच जनालाई विशेष अदालतले धरौटीमा छाड्न आदेश दिएको छ ।

 

विशेष अदालतका सदस्य न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसहित पाँच जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको हो । 

 

विशेष अदालतले महानिर्देशक अर्यालसहित सूचना प्रविधि निर्देशक सुनिलकुमार केसी, सोमेश थापा, विपिन प्रसाईं र मणिन्द्रराज मल्ललाई धरौटीमा छोडेको छ भने तुलसीप्रसाद आचार्य र राजाराम दाहाललाई बिना धरौटी छोड्न आदेश दिएको छ।

 

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राहदानी प्रकरणमा ७ जनालाई नियन्त्रणमा लिएर मुद्दा दर्ता गरेको थियो ।

 

 


 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?

सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।

थप समाचार