रुपन्देहीमा भन्सार छलेर नेपाल ल्याउँदै गरेको ३५ थान आईफोन र मोटरसाइकलसहित एक पक्राउ

१५ आषाढ़, २०८३, सोमवार
सारांश
  • पक्राउ पर्नेमा रुपन्देही, कोटहीमाई- २ बस्ने ३६ वर्षीय पवन कुमार मुराव रहेका छन् ।

बुटवल: रुपन्देहीको कोटहीमाई- ५ बेनिनगरबाट भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको २० लाख ५० हजार बराबरका ३५ थान आईफोन र एउटा मोटरसाइकलसहित एक जनालाई पक्राउ गरिएको छ ।

 

पक्राउ पर्नेमा रुपन्देही, कोटहीमाई- २ बस्ने ३६ वर्षीय पवन कुमार मुराव रहेका छन् ।

 

निजले चलाएको युपी ५३ डिएक्स ८८३८ नम्बरको भारतीय मोटरसाइकल जाँच गर्ने क्रममा भारतबाट भन्सार छली ल्याइएका विभिन्न मोडेलका ३५ थान आईफोन बरामद गरिएको हो । बरामद आईफोनको अनुमानित मूल्य १९ लाख ७० हजार रहेको छ भने अनुमानित ८० हजार मूल्य बराबरको निजले चलाएको भारतीय मोटरसाइकलसमेत गरी जम्मा २० लाख ५० हजार बराबरको सामान बरामद गरिएको छ । प्रहरीले आईफोन, मोटरसाइकल र चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

एआईको अत्यधिक प्रयोगले सोच्ने, बुझ्ने र तर्क गर्ने क्षमतामा असर

एआईले केही सेकेन्डमै जटिल प्रश्नको उत्तर र समस्याको समाधान दिन थालेपछि विशेषगरी विद्यार्थीमा आफ्नै दिमाग लगाएर सोच्ने तथा विश्लेषण गर्ने अभ्यास घट्दै गएको उनीहरूको निष्कर्ष छ ।

थप समाचार