भेनेजुएलामा भूकम्पबाट मृत्यु संख्या १६४ पुग्यो, ९७१ जना घाइते

११ आषाढ़, २०८३, बिहिवार
सारांश
  • राज्य सञ्चारमाध्यमसँगको अन्तर्वार्तामा उनले उद्धार टोली परिचालनका लागि संयुक्त राष्ट्रसंघसँग समन्वय भइरहेको बताइन् । साथै, देश पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय मुद्रा कोषसँग प्रारम्भिक २० करोड अमेरिकी डलरको कोष स्थापना गर्ने विषयमा पनि छलफल भइरहेको जानकारी दिइन् ।

काठमाडौँ: भेनेजुएलामा गएको शक्तिशाली भूकम्पपछि ज्यान गुमाउनेको संख्या कम्तीमा १६४ पुगेको छ भने ९७१ जना घाइते भएका छन्।

 

कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले अपडेट दिदै उद्धार तथा खोजी कार्य जारी रहेकाले मृतकको वास्तविक संख्या अझ बढी हुन सक्ने बताएकी हुन् । धेरै भवन भत्किएका तथा क्षतिग्रस्त भएकाले अझै कैयौं मानिस हराइरहेको अनुमान गरिएको छ ।

 

रोड्रिगेजका अनुसार मुख्य दुई भूकम्पपछि हालसम्म कम्तीमा ३० वटा परकम्पन महसुस गरिएको छ, जसले उद्धार कार्यलाई थप चुनौतीपूर्ण बनाएको छ ।

 

राज्य सञ्चारमाध्यमसँगको अन्तर्वार्तामा उनले उद्धार टोली परिचालनका लागि संयुक्त राष्ट्रसंघसँग समन्वय भइरहेको बताइन् । साथै, देश पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय मुद्रा कोषसँग प्रारम्भिक २० करोड अमेरिकी डलरको कोष स्थापना गर्ने विषयमा पनि छलफल भइरहेको जानकारी दिइन् । उनले उद्धार कार्यमा आवश्यक पर्ने भारी उपकरण उपलब्ध गराउन निजी क्षेत्रसँग समेत सहयोगको अपिल गरेकी छन् ।

 

रोड्रिगेजले नागरिकलाई शान्त रहन, एकताबद्ध हुन तथा घर सुरक्षित अवस्थामा भए त्यहीँ बस्न आग्रह गरेकी छन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?

सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।

थप समाचार